Skip to content

"सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र (जपन/ ध्यान) मा लागेको होस् ।"

अब्दुल्लाह बिन बुस्र (रजियल्लाहु अन्हु) द्वारा वर्णन छ: एक जना मान्छेले भन्यो : हे अल्लाहका रसूल ! इस्लामका आदेशहरू धेरै भएकाले मलाई गार्हो भयो । तसर्थ मलाई कुनै यस्तो कुरा बताइ दिनुहोस्, जसलाई म सजिलोसँग समात्न सकूँ । उहाँले भन्नुभयो :

"सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र (जपन/ ध्यान) मा लागेको होस् ।"

«لاَ يَزَالُ لِسَانُكَ رَطْبًا مِنْ ذِكْرِ اللَّهِ».

तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

एक जना मान्छेले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित गुनासो गर्यो, नफ्ली (ऐच्छिक) उपासनाहरूको संख्या धेरै भएको अनि आफु कमजोर भएकोले त्कायसलाई पुरा गर्न असमर्थ छु। त्यसपछि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई एउटा सजिलो कामको लागि मार्गदर्शन गर्न आग्रह गरे जसले ठूलो प्रतिफल ल्याउनेछ, जुन उसले पालन गर्न र दृढतापूर्वक समात्न सक्नेछ। सो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई यसको तरिका बताउनु भयो, निरन्तर मुखमा अल्लाह जिक्र होस् र हरेक अवस्था र हालतमा अल्लाहको याद होस्; जिक्रमा सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, अस्तग्फिरुल्लाह आदि दुआहरू ।

हदीसका केही फाइदाहरू

अल्लाहलाई निरन्तर सम्झनुको सद्गुण।

इनाम र कल्याण (भलो) कमाउने माध्यमहरू सहज बनाउनु अल्लाहको ठूलो आशीर्वाद हो।

भलाई र पुण्यका कामहरूमा मानिसहरू फरक-फरक हुन्छन्।

धेरै भन्दा धेरै र मन लगाएर सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, ला इलाह इल्लाल्लाह, अल्लाहु अक्बर आदि भन्नु कैयौँ नफील उपासनाहरू भन्दा उत्तम हुन्छ ।

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नकर्तालाई उपयुक्त हुने कुरा ध्यानमा राखेर जवाफ दिनु ।

श्रोतहरू

सुनन् तिर्मिजी (5/ 388) (3375).

सुनन् इब्ने माजह (4/ 707) (3793).

मुस्नद अहमद (29/ 226) (17680).

थप (8)

جامع العلوم والحكم في شرح خمسين حديثا من جوامع الكلم.

لابن رجب الحنبلي (2/ 510).

التحفة الربانية في شرح الأربعين حديثًا النووية.

لإسماعيل الأنصاري (ص104).

فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.

للنووي وابن رجب (ص154).

الأحاديث الأربعون النووية وعليها الشرح الموجز المفيد.

لعبد الله بن صالح المحسن (ص93).