Skip to content

"जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।"

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।"

«إِذَا مَرِضَ الْعَبْدُ أَوْ سَافَرَ كُتِبَ لَهُ مِثْلُ مَا كَانَ يَعْمَلُ مُقِيمًا صَحِيحًا».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको कृपा र दयाको व्याख्या गर्दै भन्नु भयो कि यदि कुनै मुस्लिम लाई स्वस्थ हुँदा र घरमा बस्ने अवस्थामा नियमित रूपले कुनै पुण्य कर्म गर्ने बानी छ, र पछि बिरामीले गर्दा वा यात्रामा व्यस्त भएकाले वा अन्य कुनै कारणले त्यो पुण्य कर्म गर्न नसकेमा, उसलाई स्वस्थ हुँदा र घरमा बस्ने अवस्थामा गरेको पुण्य कर्म को प्रतिफल बराबर नै प्रतिफल प्रदान गरिनेछ ।

हदीसका केही फाइदाहरू

यो हदीसले अल्लाहको कृपा आफ्ना भकतहरू प्रति अपार छ भन्ने कुरा प्रष्ट पार्छ ।

यस हदीसमा लगनशीलता साथ सत्कर्म गर्न प्रोत्साहित गरिएको छ, अनि स्वास्थ्य र फुर्सदको समयलाई सदुपयोग गर्न प्रोत्साहन दिइएको छ ।

श्रोतहरू

सही बुखारी (4/ 57) (2996).

थप (6)

شرح رياض الصالحين.

لابن عثيمين (1/ 36).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 211).

بهجة قلوب الأبرار وقرة عيون الأخيار في شرح جوامع الأخبار.

لعبد الرحمن السعدي (ص83).