Skip to content

"खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।"

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :

"खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।"

«لَا صَلَاةَ بِحَضْرَةِ الطَّعَامِ، وَلَا هُوَ يُدَافِعُهُ الْأَخْبَثَانِ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खानाको उपस्थितिमा नमाज पढ्न निषेध गर्नुभयो, किनभने व्यक्तिको हृदय खानामा अल्झेको हुन्छ र पूर्ण एकाग्रताका साथ नमाज पढ्न सक्दैन । त्यसैगरी, दिसा पिसाबले च्यापेको अवस्थामा पनि नमाज पढ्न निषेध गरिएको छ, किनभने व्यक्तिको ध्यान त्यसैमा अल्झेको हुन्छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

"व्यक्तिले नमाजमा प्रवेश गर्नु/ शुरू गर्नु अघि एकाग्रता अपनाउन ध्यान भङ्ग गर्ने सबै कुराहरू हटाउनुपर्छ।"

श्रोतहरू

सही मुस्लिम (1/ 393) (560).

थप (5)

شرح النووي على مسلم (5/ 46).

تيسير العلام شرح عمدة الأحكام.

للبسام (ص96).

تنبيه الأفهام شرح عمدة الأحكام.

لابن عثيمين (1/ 123).