अल्लाहले यहूदी र इसाईहरूलाई अभिशाप दिनुभएको छ, किनभने उनीहरूले आफ्ना नबीहरूका चिहानहरूलाई पूजास्थल बनाएका थिए।
उम्मुल-मुमिनीन (आस्थावानहरूकी आमा) आइशा (रजियल्लाहु अन्हा) बाट वर्णित छ, उहाँले भन्नुभयो: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो अन्तिम रोगावस्थामा (जसबाट उहाँ उठ्न सक्नुभएन) भन्नुभयो:
"अल्लाहले यहूदी र इसाईहरूलाई अभिशाप दिनुभएको छ, किनभने उनीहरूले आफ्ना नबीहरूका चिहानहरूलाई मस्जिद (पूजास्थल) बनाएका थिए।" त्यसपछि आयशा (रज़ियल्लाहु अन्हा) ले भन्नुभयो: "यदि यो आशङ्का नभएको भए उहाँ (नबी (सल्लल्लाहु अलैहि वसल्लम) ) को चिहान खुला स्थानमा बनाइने थियो, तर यस भयले गर्दा त्यसो गरिएन कि कतै त्यसलाई पनि मस्जिद (पूजास्थल) नबनाइयोस्।"
«لَعَنَ اللهُ الْيَهُودَ وَالنَّصَارَى، اتَّخَذُوا قُبُورَ أَنْبِيَائِهِمْ مَسَاجِدَ» قَالَتْ: فَلَوْلَا ذَاكَ أُبْرِزَ قَبْرُهُ، غَيْرَ أَنَّهُ خُشِيَ أَنْ يُتَّخَذَ مَسْجِدًا.
उम्मुल मोमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गर्नुभएको छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो अन्तिम रोगको अवस्थामा, जसमा रोग एकदमै गम्भीर भयो र जसमा उहाँको निधन भयो, भन्नुभयो: यहूदी र इसाईहरूमाथि अल्लाहको श्राप होस् । अर्थात्, अल्लाहले तिनीहरूलाई आफ्नो कृपाबाट वञ्चित गरून्। किनभने तिनीहरूले आफ्ना नबीहरूका चिहानहरूमाथि संरचना निर्माण गरी, त्यहाँ नमाज पढेर वा त्यसतर्फ फर्केर प्रार्थना गरी, तिनलाई मस्जिद (उपासनास्थल) बनाएका थिए। त्यसपछि आमा आइशा (रजियल्लाहु अन्हा) ले भन्छिन्: यदि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तर्फबाट त्यो निषेध र चेतावनी नभएको भए र सहाबाहरूमा यहुदी तथा इसाईहरूले आफ्ना नबीहरूको चिहानलाई जसो गरे, त्यस्तै नबी (सल्लल्लाहु अलैहि वसल्लम) को चिहानसँग पनि गरिन सकिन्छ भन्ने डर नभएको भए उहाँको चिहानलाई बाहिरै र स्पष्ट देखिने बनाइने थियो।
यो उहाँको अन्तिम आदेश र उपदेशहरू मध्ये एक हो, जसले यसको महत्त्व र यसप्रति विशेष ध्यान दिनुपर्ने कुरालाई दर्शाउँछ।
यस हदीसमा चिहानहरूलाई मस्जिद वा उपासनास्थलका रूपमा परिणत गर्ने कार्यलाई अत्यन्त स्पष्ट एवं कठोर रूपमा निषेध गरिएको छ। साथै, जनाजाको नमाज बाहेक अन्य कुनै पनि नमाज पढ्ने उद्देश्यले कब्रको नजिक जानु वा त्यहाँ नमाज अदा गर्नुलाई पूर्ण रूपमा वर्जित गरिएको छ। किनभने यस्ता कार्यहरू अन्ततः मृतकको अतिशयोक्तिपूर्ण सम्मान गर्न, चिहानको परिक्रमा गर्न, त्यसका कुनाहरू स्पर्श गरी आशिष खोज्न तथा मृतकको नाम लिएर पुकार्न जस्ता गम्भीर वर्जित कार्यहरूका माध्यम बन्न पुग्दछन्। यी समस्त कार्यहरू 'शिर्क' का विभिन्न रूपहरू हुन् वा मानिसलाई शिर्कतर्फ धकेल्ने घातक साधनहरू हुन्।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तौहीदको स्थापना र संरक्षणमा विशेष जोड दिनुभएको छ। साथै, चिहानहरूको अतिशय सम्मान गर्नेजस्ता तौहीदमा खलल पुर्याउने र अन्ततः शिर्कतर्फ लैजाने सबै कार्यहरूबाट सचेत गराउनुभएको छ, किनभने यस्ता कार्यहरू शिर्कको ढोका खोल्ने माध्यम बन्दछन्।
महान् अल्लाहले आफ्नो नबी (अलैहिस्सलातु वस्सलाम) को चिहानलाई शिर्कको केन्द्र बन्नबाट जोगाउनुभयो। यसैकारण, उहाँले उहाँका अनुयायीहरू (सहाबा) र आगामी पुस्ताहरूलाई उक्त चिहान खुला रूपमा प्रकट हुन नदिई सुरक्षित राख्ने अन्तरप्रेरणा प्रदान गर्नुभयो।
सहाबाहरू (रजिअल्लाहु अन्हुम) नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उपदेश (वसीयत) अनुसार आज्ञापालन गर्नुहुन्थ्यो र तौहीद (एकेश्वरवाद) कायम राख्न तत्पर रहनुहुन्थ्यो।
यहूदी र ईसाईहरूको अनुकरण गर्नु निषेध छ, र चिहानमाथि भवनहरू निर्माण गर्नु तिनीहरूको प्रथा हो ।
चिहानलाई मस्जिद बनाउनु भन्नुको अर्थ त्यसमाथि भवन निर्माण गर्नु मात्र होइन, बरु चिहानको छेउमा वा चिहानतर्फ मुख गरी नमाज पढ्नु पनि हो, चाहे त्यहाँ कुनै भवन निर्माण गरिएको होस् वा नहोस्।
सही बुखारी (2/ 102) (1390).
सही मुस्लिम (1/ 376) (529).
थप (6)
تيسير العلام شرح عمدة الأحكام.
لعبد الله البسام (ص292).
تنبيه الأفهام شرح عمدة الأحكام.
لابن عثيمين (2/ 376).
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (1/ 236).
Cited in books
3 Booksथप (3)
- حراسة التوحيددفن الموتى في المساجد«لَعَنَ اللَّهُ الْيَهُودَ وَالنَّصَارَى، اتَّخَذُوا قُبُورَ أَنْبِيَائِهِمْ مَسَاجِدَ»،
- كتاب التوحيدكتاب التوحيد للشيخ محمد بن عبد الوهاب((لَعَنَ اللهُ الْيَهُودَ وَالنَّصَارَى، اتَّخَذُوا قُبُورَ أَنْبِيَائِهِمْ مَسَاجِدَ))
- نبراس طالب (4)1«لَعَنَ اللهُ الْيَهُودَ وَالنَّصَارَى، اتَّخَذُوا قُبُورَ أَنْبِيَائِهِمْ مَسَاجِدَ»