Skip to content

"हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु। अल्लाहको धिक्कार ती समुदायहरूमाथि होस्, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिद (पूजा गर्ने ठाउँ) बनाए" ।

«اللهم لا تجعل قبري وثنًا، لعن الله قومًا اتخذوا قبور أنبيائهم مساجد».

अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो रब (प्रभु) सँग दुआ (प्रार्थना) गर्नुभयो, कि उहाँको चिहान मूर्ति झैं नबनोस्, जस्को आदरसत्कार गरि पुजा अर्चना गरिन्छ, र त्यस तर्फ फर्केर सजदा1 गरिन्छ । त्यसपछि उहाँले भन्नुभयो, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिदमा परिणत गरे, अल्लाहले तिनीहरुलाई आफ्नो कृपाबाट टाढा गर्नु भएको छ । किनकि चिहानलाई उपासना गर्ने ठाउँ बनाउनु भनेको तिनीहरूको पूजा गर्नु र त्यस प्रति आस्था स्थापित गर्नु हो ।

शब्दको अर्थ

وثنًا: والوثن كل ما عبد من دون الله كالقبور والأشجار والحيطان والأحجار ونحوِها.

हदीसका केही फाइदाहरू

नबीहरू र धर्मी मानिसहरूको चिहानको सम्बन्धमा शरियतको सीमाभन्दा बाहिर जानु भनेको वास्तवमा अल्लाहको सट्टा तिनीहरूको पूजा गर्नु हो । त्यसैले शिर्कको माध्यमबाट बाँच्न जरुरी छ ।

चिहानमा गाडिएको व्यक्ति जतिसुकै अल्लाहको नजिक किन नहोस्, त्यस चिहान‌को सम्मान र त्यहाँ पूजा गर्न नियतले जान अनुमति छैन ।

चिहानमाथि मस्जिद बनाउनु हराम (निषेध) हो ।

त्यहाँ मस्जिद नबनाए पनि चिहान नजिकै नमाज पढ्नु निषेध गरिएको छ । हो, यदि जनाजा (अन्त्येष्टि) को नमाज पढिएको छैन भने, मृतकको चिहान निर अन्त्येष्टिको नमाज पढ्नको लागि अनुमति छ ।

श्रोतहरू

मुस्नद अहमद (12/ 314) (7358).

थप (12)

فتح المجيد شرح كتاب التوحيد.

لعبد الرحمن التميمي (1/ 434).

القول المفيد على كتاب التوحيد.

لمحمد بن عثيمين (1/ 434).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص178).

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص194).

التمهيد لشرح كتاب التوحيد.

لصالح آل الشيخ (ص51).

مشكاة المصابيح.

للتبريزي (1/ 234).