Skip to content

"यहूदी र ईसाईहरूलाई पहिले सलाम नगर र जब तपाईं नीहरूमध्ये कसैलाई बाटोमा भेट्नुहुन्छ, तिनीहरूलाई साँघुरो बाटो लिन बाध्य पार्नुहोस्।"

अबू हुरैरह (रजियल्लाहु अन्हु) वर्णन गर्नुहुन्छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:

"यहूदी र ईसाईहरूलाई पहिले सलाम नगर र जब तपाईं नीहरूमध्ये कसैलाई बाटोमा भेट्नुहुन्छ, तिनीहरूलाई साँघुरो बाटो लिन बाध्य पार्नुहोस्।"

«لَا تَبْدَؤوا الْيَهُودَ وَلَا النَّصَارَى بِالسَّلَامِ، فَإِذَا لَقِيتُمْ أَحَدَهُمْ فِي طَرِيقٍ فَاضْطَرُّوهُ إِلَى أَضْيَقِهِ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) यहुदी र इसायीहरूलाई सलाम गर्नमा पहल गर्न मनाहि गर्दै हुनुहुन्छ, चाहे उनीहरू जिम्मी (अधिकार प्राप्त नागरिक) नै हुन्, अरु काफिरहरूको त कुरा नै नगरौं। उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले बताउनु भयो, जब बाटोमा कुनै यहुदी वा इसायी सित भेट भयो भने उनीहरूलाई साँधुरो बाटोमा हिँड्नका लागि बाध्य बनाउनु। बीच बाटोबाट मुमिन हिँडोस् र काफिर छेउछेउ बाट हिँडोस् । एउटा इमान वाला कुनै पनि हालतमा अपमानित हँदैन ।

हदीसका केही फाइदाहरू

कुनै पनि मुस्लिमले यहूदी, ईसाई वा अन्य कुनै पनि गैर-मुस्लिमलाई सलाम गर्नमा पहल गर्न (जायज) उचित हैन ।

यदि उनीहरूले सलाम गरि हाले भने उनीहरूको जवाफ "व अलैकुम" मात्र भन्नु पर्छ ।

कुनै मुस्लिमले जानीजानी कुनै काफिरलाई व्यर्थमा सास्ति दिनका लागि बाटो साँधुरो बनाउनु जायज छैन । तर यदि बाटो साँधुरो छ वा धेरै भिडभाड छ भने बाटो हिँड्ने अधिकार बढी मुस्लिमको छ । यस्तोमा काफिर आफै छेउ लाग्नुपर्छ ।

क्रूरता वा अश्लील भाषा बिना मुस्लिमहरूको सम्मान र अरूको अपमान प्रकट गर्नु।

अल्लाहमाथिको अविश्वासको कारणले काफिरहरूलाई सताउनु नै उनीहरूको मुस्लिम हुनुको कारण हुन सक्छ। त्यसैले कारण थाहा पाएपछि उनीहरूलाई नर्कबाट बचाउनु पर्छ।

आवश्यक परेमा, गैर-मुस्लिमलाई कस्तो हुनुहुन्छ, तपाईंको बिहान कस्तो भयो, तपाईंको साँझ कस्तो भयो जस्ता प्रश्नहरू सोध्न पहल गर्नुमा कुनै हानि छैन, किनकि निषेध केवल अभिवादनमा मात्र छ।

तिबी भन्छन्: "बिद्अतीलाई अभिवादनमा पहल नगर्नु । यदि तपाईंले कुनै अपरिचित व्यक्तिलाई अभिवादन गर्नुभयो र त्यसपछि थाहा पाउनुभयो कि ऊ बिद्अती वा जिम्मी हो भने, तपाईंले उसलाई अनादर देखाउन भन्नु पर्छ, 'म मेरो अभिवादन फिर्ता लिन्छु।'"

श्रोतहरू

सही मुस्लिम (4/ 1707) (2167).

थप (8)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 141).

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (7/ 303).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 42).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 670).