Skip to content

"सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।"

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें,

"सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।"

«أَفْضَلُ الذِّكْرِ: لَا إِلَهَ إِلَّا اللهُ، وَأَفْضَلُ الدُّعَاءِ: الْحَمْدُ لِلهِ».

तिर्मीजीले र निसाईले सुनन कुब्रा मा तथा इब्ने माजहले वर्णन गरेका छन्
हसन
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सबैभन्दा राम्रो जिक्र "ला इला-ह इल्लाल्लाह" हो, जसको अर्थ अल्लाह बाहेक कोही सत्य ईश्वर छैन हो। जबकि सबैभन्दा राम्रो दुआ "अल-हम्दु लिल्लाह" हो, जसको अर्थ सबै अनुग्रह दिने र सबै सुन्दर प्रशंसा योग्य अल्लाह हुनुहुन्छ हो ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यस हदीसमा तौहीद शब्द मार्फत अल्लाहको धेरै भन्दा धेरै प्रशंसा गर्न र ‘अल-हम्दु लिल्लाह’ शब्दबाट धेरै दुआ (प्रार्थना) गर्न प्रोत्साहित गरिएको छ ।

श्रोतहरू

सुनन् तिर्मिजी (5/ 393) (3383).

थप (4)

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخِن وغيره (2/ 984).

زاد المعاد في هدي خير العباد.

ابن قيم الجوزية (1/ 36).