Skip to content

"तिमीहरू के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोका नजिकैबाट एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा नुहाउँछ भने, के उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ?

अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने, उहाँले भन्नुभयो :

"तिमीहरू के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोका नजिकैबाट एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा नुहाउँछ भने, के उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ? उनीहरूले जवाफ दिए: "कुनै मैलो बाँकी रहँदैन।" उहाँले भन्नुभयो: "पाँचवटा नमाजको उदाहरण त्यस्तै हो। यसद्वारा अल्लाहले सम्पूर्ण पापहरू मेटाइदिनुहुन्छ।"

«أَرَأَيْتُمْ لَوْ أَنَّ نَهَرًا بِبَابِ أَحَدِكُمْ يَغْتَسِلُ فِيهِ كُلَّ يَوْمٍ خَمْسًا، مَا تَقُولُ ذَلِكَ يُبْقِي مِنْ دَرَنِهِ؟» قَالُوا: لَا يُبْقِي مِنْ دَرَنِهِ شَيْئًا، قَالَ: «فَذَلِكَ مِثْلُ الصَّلَوَاتِ الخَمْسِ، يَمْحُو اللَّهُ بِهِ الخَطَايَا».

मुत्तफकुन अलैहि
सही
व्याख्या

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दिन र रातमा पाँच पटक नमाज पढ्नाले साना पाप र गल्तीहरू मेटिने कुराको तुलना, कसैको घरको अगाडि बगिरहेको नदीमा उसले दिनमा पाँच पटक नुहाउँदा शरीरमा कुनै पनि फोहोर बाँकी नरहने अवस्थासँग गर्नुभएको छ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यो विशेष कृपा साना पापहरूको क्षमामा मात्र लागू हुन्छ; ठूला पापहरूको क्षमाको लागि भने इमानदारीपूर्वक तौबा (पश्चात्ताप) गर्नु अनिवार्य छ।

यस हदीसले दैनिक पाँच नमाजहरू त्यसका सर्तहरू, (रुक्न) स्तम्भहरू, (वाजिब) अनिवार्य कार्यहरू र सुन्नतहरूको पालनाका साथ पढ्ने कार्यको उत्कृष्टता प्रस्ट हुन्छ।

श्रोतहरू

सही बुखारी (1/ 112) (528).

सही मुस्लिम (1/ 462) (667).

(1/ 282).

थप (7)

نزهة المتقين شرح رياض الصالحين.

مجموعة من الباحثين (2/ 773).

تطريز رياض الصالحين.

لفيصل آل مبارك (ص610).

المعجم الوسيط.

النهاية في غريب الحديث والأثر.

لابن الأثير (2/ 115).