"जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।"
«مَنْ قَالَ: سُبْحَانَ اللهِ وَبِحَمْدِهِ، فِي يَوْمٍ مِائَةَ مَرَّةٍ، حُطَّتْ خَطَايَاهُ وَإِنْ كَانَتْ مِثْلَ زَبَدِ الْبَحْرِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले दिन र रातमा सय पटक 'सुब्हानल्लाहि व बिहम्दिहि' भन्छ भने उसका पापहरू माफ गरिन्छ र क्षमा गरिनेछन, चाहे त्यो समुद्रमा छालको समयमा देखा पर्ने सेतो फिज जती धेरै नै किन नहोस ।
यो इनाम एकै पटक लगातार वा अन्तरालमा (बीच-बीचमा) पढ्ने दुबैलाई प्राप्त हुनेछ ।
तस्बीहको अर्थ: अल्लाहलाई सबै दोष र कमजोरीहरूबाट मुक्त मान्नु र हम्द (प्रशंसा) भनेको उहाँलाई प्रेम र सम्मानका साथ हरेक हिसाबले परिपूर्ण मान्नु ।
यस हदीसमा पापहरूको क्षमा गरिनुको अर्थात् साना पापहरूको क्षमा हो । ठूला पापहरूका लागि तौबा (पश्चात्ताप) आवश्यक छ ।
सही बुखारी (8/ 86) (6405).
सही मुस्लिम (4/ 2071) (2691).
थप (8)
توضيح الأحكام من بلوغ المرام.
للبسام (7/ 535).
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (10/ 401).
فتح ذي الجلال والإكرام.
لابن عثيمين (6/ 470).
سبل السلام بشرح بلوغ المرام.
للصنعاني (2/ 704).