Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

3 of 683 cards

Clear filters
"यदि तिमीहरूले अल्लाहमाथि त्यसरी नै भरोसा गर्थ्यौ, जसरी वास्तविक रूपमा भरोसा गरिन्छ भने, उहाँले तिमीहरूलाई त्यसरी नै जीविका प्रदान गर्नुहुनेछ जसरी चराहरूलाई गर्नुहुन्छ। तिनीहरू बिहान भोकै बाहिर निस्कन्छन् र साँझ पेट भरिएर फर्कन्छन्।"
सही इमाम अहमद, तिर्मिजी, निसाई र इब्ने माजहले वर्णन गरेका छन् र इब्ने हिब्बानले आफ्नो सहीहमा र हाकिमले पनि वर्णन गरेका छन्
"निश्चय नै कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुँदै जान्छ। त्यसैले अल्लाहसँग हृदयको ईमानलाई सधैँ नयाँ बनाइरहनुको निमित्त प्रार्थना गर्दै गर्नु ।
सही हाकिम र तबरानीले वर्णन गरेका छन्
यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।
सही हाकिम र बैहकीले वर्णन गरेका छन्