Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

72 of 683 cards

Clear filters
"यदि तिमीहरूले अल्लाहमाथि त्यसरी नै भरोसा गर्थ्यौ, जसरी वास्तविक रूपमा भरोसा गरिन्छ भने, उहाँले तिमीहरूलाई त्यसरी नै जीविका प्रदान गर्नुहुनेछ जसरी चराहरूलाई गर्नुहुन्छ। तिनीहरू बिहान भोकै बाहिर निस्कन्छन् र साँझ पेट भरिएर फर्कन्छन्।"
सही इमाम अहमद, तिर्मिजी, निसाई र इब्ने माजहले वर्णन गरेका छन् र इब्ने हिब्बानले आफ्नो सहीहमा र हाकिमले पनि वर्णन गरेका छन्
"तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।"
सही अहमद, तिर्मिजी, इब्ने माजह र इब्ने हिब्बानले वर्णन गरेका छन्
"उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।"
सही अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
"स्वर्गमा सयवटा दर्जाहरू छन्, जसमध्ये प्रत्येक दुई दर्जाबीचको दूरी आकाश र पृथ्वीबीचको दूरी जत्तिको छ। अनि 'फिरदौस' त्यसको सबैभन्दा उच्च दर्जा हो, जहाँबाट स्वर्गका चारवटा नदीहरू बग्दछन्। त्यसको माथि अर्श (सिंहासन) छ। त्यसैले जब तिमीहरू अल्लाहसँग माग्छौ, तब 'फिरदौस' नै माग्ने गर।"
सही तिर्मीजीले वर्णन गरेका छन्
"अल्लाह रातको अन्तिम प्रहरमा आफ्ना भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको स्मरण गर्नेहरूमध्ये हुन सक्नुहुन्छ भने, अवश्य त्यसो गर्नु।"
सही अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हाम्रो बीचमा उभिएर यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले हाम्रो हृदय काँप्यो र हाम्रा आँखाहरू आँसुले भरिए । कसैले भन्यो, हे अल्लाहको रसूल! तपाईंले यस्तो उपदेश दिनुभएको छ, जुन विदाई प्रवचन जस्तो देखिन्छ । त्यसैले कृपया हामीलाई केही नसीहत गर्नुहोस् । उहाँले भन्नुभयो: "अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु ।" यसलाई बङ्गाराले भएपनि समात्नु । धर्मको नाममा नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने नयाँ कुरा) भ्रम र पथभ्रष्टता हो ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
“हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने, सुन र चाँदी दान गर्नुभन्दा उत्तम, र शत्रुसँगको भेटमा तिमीले उनीहरूको र उनीहरूले तिम्रो घाँटीमा प्रहार गर्नुभन्दा पनि उत्कृष्ट कर्मको बारेमा नबताऊँ? सहाबाहरूले भने: 'अवश्य बताउनुहोस्।' उहाँले भन्नुभयो: 'अल्लाहको अत्यधिक जिक्र (स्मरण) गर्नु।'"
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्