Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

24 of 683 cards

Clear filters
"तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।"
इमाम तिर्मिजीले भनेका छन्ः यो हसन हदीस हो तिर्मीजीले वर्णन गरेका छन्
"निश्चय नै, चिहान परलोक (आखिरत) का चरणहरूमध्ये प्रथम चरण हो। यदि कसैले यस चरणमा सफलता प्राप्त गर्‍यो भने, त्यसपछिका चरणहरू यसभन्दा सहज हुनेछन्। तर यदि उसले यसमा सफलता प्राप्त गरेन भने, त्यसपछिका चरणहरू यसभन्दा झन् कठोर हुनेछन्।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
जब यो आयत: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} (अनि त्यस दिन तिमीहरूलाई प्राप्त सुख-सामग्रीहरूको बारेमा सोधिनेछ ।) [सूरह अल-तकासुर: ८] अवतरण भयो, तब जुबैर (रजियल्लाहु अन्हु) ले सोधे: हे अल्लाहको रसूल! हामीलाई कुन चीजहरूको बारेमा सोधिनेछ? वास्तवमा, हामीसँग केवल दुईवटा कालो चीजहरू मात्र छन्: खजूर र पानी । उहाँले भन्नुभयो: "यसो हो भने यिनै बारे हुनेछ ।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"जसले अर्कालाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्ट दिन्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुनेछ ।"
हसन अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।"
हसन तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ । ‘अलिफ- लम-मीम’ एक अक्षर हो भनेर म भन्दिनँ, यद्यपि अलिफ एक अक्षर हो, लाम एक अक्षर हो र मीम एक अक्षर हो ।"
हसन तिर्मीजीले वर्णन गरेका छन्
“मोमिन पुरुष र मोमिन महिलामाथि—उनका जीवन, सन्तान र धनसम्पत्तिमा—निरन्तर विपत्तिहरू (परीक्षाहरू) आउने गर्छन्, यहाँसम्म कि मृत्यु पश्चात् जब उनीहरू अल्लाहसँग भेट गर्छन्, तब उनीहरूको जिम्मामा कुनै पनि पाप बाँकी रहँदैन।”
हसन तिर्मीजी र अहमदले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
शवाहिद (गवाहहरु) ले गर्दा हसन हो अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्