Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

72 of 683 cards

Clear filters
"जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"तिमीहरू साना र तुच्छ ठानिएका पापहरूबाट बच्नू; किनकि साना पापहरूको उदाहरण त्यस्ता मानिसहरूको समूह जस्तै हो, जसले कुनै उपत्यकाको फेदमा बास गरे। त्यसपछि एक जनाले एउटा सानो दाउरो ल्यायो, अर्कोले अर्को दाउरो ल्यायो, यसरी दाउरो जम्मा गर्दै अन्ततः उनीहरूले (आगो बालेर) आफ्नो रोटी पकाए। निश्चय नै, साना ठानिएका पापहरू एकत्रित हुँदै जान्छन्, र जब ती साना पापहरू गर्ने मानिसमाथि पकड हुन्छ, तब ती साना पापहरूले नै उसलाई नष्ट गरिदिन्छन्।"
सही अहमदले वर्णन गरेका छन्
"जब पानी दुई कुल्ला (दुई ठूला गाग्रा बराबर) हुन्छ, यसले फोहोरलाई प्रभाव पार्न दिँदैन।"
सही अबू दाऊद, तिर्मिजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।"
शवाहिद (गवाहहरु) ले गर्दा सही हो अबू दाउद र अहमदले वर्णन गरेका छन्
"जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।" र जसले बिहान तीन पटक यो पढ्छ, साँझसम्म उसलाई अचानक कुनै विपत्ति आउने छैन।" वर्णनकर्ता भन्छन्, पछि अबान बिन उस्मानमाथि पक्षाघात (फालिज) को आक्रमण भयो, त्यसैले उनीबाट यो हदीस सुन्ने व्यक्तिले उनलाई हेर्न थाल्यो। त्यसैले अबानले उनलाई सोधे: के भयो, तिमी मलाई किन हेरिरहेका छौ? अल्लाहको कसम, मैले उस्मानलाई झूटो भनेर केही भनेको छैन, नत उस्मानले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झूटो भनेर केही भनेको छ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
बनु आमिरको समूहसँग म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गएँ। हामीले भन्यौं: तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक,सर्वेसर्वा) हुनुहुन्छ। उहाँले भन्नुभयो: "(वास्तविक र सत्य) ‘सय्यिद’ अल्लाह हुन्।" हामीले फेरि भन्यौँ: "तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ, सबैभन्दा उदार र कृपालु हुनुहुन्छ।" उहाँले भन्नुभयो: "तिमीहरूले मलाई सामान्य शब्दहरूले सम्बोधन गर, शैतानले तिमीहरूलाई कुनै धोका वा बहकाउमा नपारोस्।"
सही अबू दाउद र अहमदले वर्णन गरेका छन्
"जसले कुनै खाँचोमा परेको ऋणीलाई (ऋण चुक्ता गर्न) मोहलत दिन्छ वा उसको ऋण माफ गर्छ, अल्लाहले कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा उसलाई छायाँ दिनेछन्, जुन दिन त्यस छायाँ बाहेक अरू कुनै छायाँ हुनेछैन ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्