Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

54 of 683 cards

Clear filters
"जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र उसलाई रोक्दैनन् भने सम्भावना हुन्छ कि छिट्टै नै अल्लाहले उनीहरूमाथि यातना पठाउनु हुनेछ।"
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो, र यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहमाथि तवक्कुल (पूर्ण भरोसा) गर्नाले उहाँले यसलाई हटाइदिनुहुन्छ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई फजरको नमाज पढाउनुभयो र सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले फेरि सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले भन्नुभयो: "मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ। नमाजको पहिलो पङ्क्ति स्वर्गदूतहरूको पङ्क्ति जस्तै हुन्छ। यदि तिमीहरूलाई यसको महत्त्व थाहा भएको भए तिमीहरू त्यसको लागि हतार गर्ने थियौ। एकलै नमाज पढ्नुभन्दा दुई जना मिलेर नमाज पढ्नु उत्तम हुन्छ र दुई जनाभन्दा तीन जना मिलेर पढ्नु झन् उत्तम हुन्छ। (नमाजमा) जति धेरै मानिसहरूको उपस्थिति हुन्छ, अल्लाहलाई त्यो त्यति नै बढी प्रिय हुन्छ।"
सही अबू दाऊद, निसाई र अहमदले वर्णन गरेका छन्
"जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, उहाँ ‘गुफ्रानक’ भन्ने गर्नुहुन्थ्यो; जसको अर्थ हो— 'हे अल्लाह! म तपाईंसँग क्षमा याचना गर्दछु।'"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।"
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले सूरहको अन्त्य र शुरुआत तबसम्म थाहा पाउनु भएन, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएन।"
सही अबू दाऊदले वर्णन गरेका छन्
"हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो मिसिएको पानीको रंग (भूरा; खैरो) वा पहेँलो रंगको पदार्थलाई केही (महिनावारीको रगतको रूपमा) मान्दैन थियौं ।"
सही अबू दाउदले यस शब्दका साथ वर्णन गरेका छन् र बुखारीले त्यो शब्द (शुद्धीकरण पछि) बिना वर्णन गरेका छन्
"जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।"
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्