Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

8 of 683 cards

Clear filters
"म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, तब मैले भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती हुन् । तब भनिनेछ: उनीहरूले तिमी पछि के के गरे, के तिमीलाई थाहा छ ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए।
सही मुत्तफकुन अलैहि
"कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"
सही मुत्तफकुन अलैहि
"निश्चय नै, स्वर्गमा प्रवेश गर्ने पहिलो समूह पूर्णिमाको रातको चन्द्रमाजस्तै उज्यालो र सुन्दर स्वरूपमा हुनेछ। त्यसपछि आउनेहरू आकाशमा सबैभन्दा बढी चम्किने उज्ज्वल ताराजस्तै हुनेछन्। उनीहरूले न त पिसाब गर्नेछन्, न दिसा गर्नेछन्, न थुक्नेछन्, न सिँगान फाल्नेछन्। उनीहरूका काइँयोहरू सुनका हुनेछन्, उनीहरूको पसिना कस्तूरी (मिस्क) जस्तै सुगन्धित हुनेछ, उनीहरूका धूपदानीहरूमा सुगन्धित अगर (ऊद) काठ हुनेछ र उनीहरूका पत्नीहरू ठूला तथा सुन्दर आँखावाली हूरहरू हुनेछन्। उनीहरू सबै एउटै व्यक्ति आफ्ना पिता आदम (अलैहिस्सलाम) को स्वरूपमा हुनेछन्, जसको उचाइ आकाशतर्फ साठी हात हुनेछ।"
सही मुत्तफकुन अलैहि
"कियामतको दिन म मानिसहरूको अगुवा (सरदार) हुनेछूँ। के तिमीहरूलाई थाहा छ यो किन हुनेछ? अल्लाहले अघिल्ला र पछिल्ला सबै मानिसहरूलाई एउटा ठूलो, समतल मैदानमा भेला गर्नुहुनेछ, जहाँ पुकार्नेको आवाज सबैसम्म पुग्नेछ, हेर्नेले सबैलाई देख्नेछ र सूर्य धेरै नजिक हुनेछ। मानिसहरूले असहनीय दुःख र पीडाको सामना गर्नेछन्। त्यसैले मानिसहरूले एकअर्कालाई भन्नेछन्, 'के तिमीहरू कति समस्यामा छौ भनेर देख्दैनौ? तिमीहरू किन त्यस्तो व्यक्ति खोज्दैनौ जसले पालनकर्ता अल्लाहसामु तिमीहरूको लागि मध्यस्थता गर्न सकोस्?' त्यसपछि तिनीहरू एकअर्कालाई भन्नेछन्, 'आदम (अलैहिस्सलाम) कहाँ जाऊ।' तसर्थ तिनीहरू आदम (अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्: 'तपाईं मानवजातिका पिता हुनुहुन्छ। अल्लाहले तपाईंलाई आफ्नै हातले सृष्टि गर्नुभयो, त्यसपछि तपाईंमा आत्मा हाल्नुभयो र फरिश्ताहरूलाई सज्दा गर्न आदेश दिनुभयो, तसर्थ तिनीहरूले तपाईंको अगाडि सज्दा गरे। हाम्रा लागि आफ्नो पालनकर्तासँग सिफारिस गर्नुहोस्। के हजुरले हामी कति दुःखमा छौँ भनेर देख्नुहुन्न? हाम्रो दुःख कति बढेको छ?' आदम (अलैहिस्सलाम) ले भन्नुहुनेछ: 'आज हाम्रो पालनकर्ता धेरै क्रोधमा हुनुहुन्छ। उहाँ पहिले कहिल्यै यति रिसाउनुभएको थिएन, न त फेरि कहिल्यै रिसाउनुहुनेछ। उहाँले मलाई रूखको फल खानबाट मनाही गर्नुभयो, तर मैले त्यो खाएँ। मलाई आफ्नो बारेमा चिन्ता छ, मलाई आफ्नो बारेमा चिन्ता छ, मलाई आफ्नो बारेमा चिन्ता छ। तिमीहरू अरू कसैकहाँ जाऊ, तिमीहरू नूहकहाँ जाऊ।' मानिसहरू नूह (अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्: 'हे नूह! तपाईं पहिलो दूतका रूपमा पृथ्वीमा आउनुभयो र अल्लाहले तपाईंलाई आफ्नो कृतज्ञ सेवक भन्नुभएको छ। आफ्नो पालनकर्तासँग हाम्रा लागि सिफारिस गर्नुहोस्। हामी कष्टमा छौँ भनेर देख्नुहुन्न?' उहाँले भन्नुहुनेछ: 'मेरो पालनकर्ता आज धेरै रिसाउनुभएको छ। योभन्दा पहिले कहिल्यै उहाँ यति रिसाउनुभएको थिएन र अब कहिल्यै रिसाउनुहुने पनि छैन। वास्तवमा मलाई एउटा विशेष प्रार्थना गर्ने अधिकार थियो, तर मैले यसलाई आफ्नै समुदायको विरुद्धमा प्रयोग गरेँ। म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु। तिमीहरू मबाहेक अरू कसैकहाँ जाऊ, इब्राहिम (अलैहिस्सलाम) कहाँ जाऊ।' यो सुनेर सबै मानिसहरू इब्राहिम (अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्, 'हे इब्राहिम! तपाईं अल्लाहका नबी र पृथ्वीका सबै मानिसहरूमध्ये उहाँका मित्र हुनुहुन्छ। कृपया हाम्रा लागि सिफारिस गर्नुहोस्। के तपाईंले देख्नुहुन्न हामी कति दुःखमा छौँ?' तर उहाँले तिनीहरूलाई यो भन्नुहुनेछ, 'मेरो पालनकर्ता आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र (संसारमा) मैले तीन पटक फरक कुरा बोलेको थिएँ। म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु। तिमीहरू मबाहेक अरू कसैकहाँ जाऊ, मूसा (अलैहिस्सलाम) कहाँ जाऊ।' त्यसपछि उनीहरू मूसॉकहाँ जानेछन् र भन्नेछन्, 'हे मूसॉ! तपाईँ अल्लाहका रसूल हुनुहुन्छ। अल्लाहले तपाईँलाई आफ्नो सन्देश र आफूसँग कुराकानी गर्ने सौभाग्य प्रदान गरेर मानिसहरूमाझ श्रेष्ठता दिनुभयो। हाम्रा प्रभुको अगाडि हाम्रो लागि सिफारिस गरिदिनुहोस्। के तपाईँ हाम्रो यो अवस्था देखिरहनुभएको छैन?' मूसॉले भन्नुहुनेछ, 'निश्चय नै मेरा प्रभु आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र मबाट (संसारमा) एउटा यस्तो व्यक्तिको हत्या हुन गएको थियो, जसको हत्या गर्ने आदेश मलाई दिइएको थिएन। मलाई आज आफ्नै चिन्ता छ, आफ्नै चिन्ता छ, आफ्नै चिन्ता छ! तिमीहरू अरू कसैकहाँ जाऊ, तिमीहरू मर्यमका पुत्र ईसा (अलैहिस्सलाम) कहाँ जाऊ।' त्यसपछि सबैजना ईसा (अलैहिस्सलाम) कहाँ जानेछन् र भन्नेछन्, 'हे ईसा! तपाईं अल्लाहका रसूल र उहाँले मर्यम (अलैहस्सलाम) तिर पठाउनुभएको वचन हुनुहुन्छ। तपाईं उहाँबाट पठाइएको आत्मा हुनुहुन्छ र काखे बालक भएर मानिसहरूसँग बोल्नुभएको छ। हाम्रा लागि आफ्नो पालनकर्तासमक्ष मध्यस्थता गर्नुहोस्, हामी साह्रै समस्यामा छौँ।' ईसा (अलैहिस्सलाम) ले भन्नुहुनेछ, 'आज मेरो पालनकर्ता धेरै रिसाउनुभएको छ। उहाँ पहिले कहिल्यै यति रिसाउनुभएको थिएन, न त कहिल्यै रिसाउनुहुनेछ।' ईसा (अलैहिस्सलाम) ले कुनै पापको उल्लेख गर्नुहुनेछैन। यद्यपि उहाँले अवश्य भन्नुहुनेछ: 'म आफ्नो बारेमा चिन्तित छु, मलाई आफ्नो बारेमा चिन्ता छ, मलाई आफ्नो बारेमा चिन्ता छ। तिमीहरू मबाहेक अरू कसैकहाँ जाऊ, तिमीहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जाऊ।' मानिसहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जानेछन् र भन्नेछन्: 'हे मुहम्मद! तपाईं अल्लाहका नबी र अन्तिम रसूल हुनुहुन्छ। अल्लाहले तपाईँका अघिल्ला र पछिल्ला सम्पूर्ण कुराहरू क्षमा गरिदिनुभएको छ। कृपया अल्लाहको सामु हाम्रा लागि मध्यस्थता गर्नुहोस्। के तपाईं देख्नुहुन्न कि हामी कति दुःखी छौँ?' तसर्थ म अघि बढ्नेछु र अर्शको तल गई मेरो सर्वशक्तिमान र महान् पालनकर्तालाई सज्दा (ढोग) गर्नेछु। त्यसपछि अल्लाहले मेरो हृदयमा प्रशंसा र महिमाका यस्ता शब्दहरू हालिदिनुहुनेछ, जुन मभन्दा पहिले कसैको हृदयमा कहिल्यै आएको थिएन। मैले त्यसै अनुसार अल्लाहको प्रशंसा र महिमा गर्नेछु। त्यसपछि भनिनेछ: 'हे मुहम्मद! आफ्नो टाउको उठाउनुहोस्। माग्नुहोस्, तपाईंलाई दिइनेछ; सिफारिस गर्नुहोस्, तपाईंको सिफारिस स्वीकार गरिनेछ।' अनि म आफ्नो टाउको उठाएर भन्नेछु: 'हे मेरो पालनकर्ता! मेरो समुदायमाथि दया गर्नुहोस्। हे मेरो पालनकर्ता! मेरो समुदायमाथि दया गर्नुहोस्। हे मेरो पालनकर्ता! मेरो समुदायमाथि दया गर्नुहोस्।' त्यसपछि भनिनेछ: 'हे मुहम्मद! तपाईंको उम्मतका ती मानिसहरूलाई जसको हिसाबकिताब हुनेछैन, दाहिने ढोकाबाट स्वर्गमा प्रवेश गराउनुहोस्; तिनीहरू अन्य ढोकाहरूबाट अन्य मानिसहरूसँग पनि स्वर्गमा प्रवेश गर्न सक्छन्।' त्यसपछि उहाँले भन्नुभयो: 'म कसम खान्छु त्यस अल्लाहको, जसको हातमा मेरो जीवन छ! स्वर्गका दुई ढोकाहरू बीचको दूरी मक्का र हिमयर ठाउँ बीचको दूरी बराबर छ, अथवा मक्का र बुसरा बीचको दूरी बराबर छ।'"
सही मुत्तफकुन अलैहि
"के म तिमीहरूलाई स्वर्गवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कमजोर र विनम्र व्यक्ति, यदि उसले अल्लाहको कसम खान्छ भने, अल्लाहले उसको कसम पूरा गर्नेछन्। के म तिमीलाई नर्कवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कठोर, विद्रोही, कंजूस र अहंकारी व्यक्ति।"
सही मुत्तफकुन अलैहि
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं । उहाँले एक रात पूर्णिमाको चन्द्रमातिर हेरेर भन्नुभयो: "निश्चय नै, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन । तसर्थ, यदि तिमीहरू सूर्योदय र सूर्यास्त हुनुअघिका नमाजहरू (फज्र र अस्र) पढ्न सक्षम छौं भने, ती नमाजहरूलाई कहिल्यै नछोड्नु।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।
सही मुत्तफकुन अलैहि
"जसको सुन वा चाँदी छ र त्यसको जकात तिर्दैन, कयामतको दिन उसको लागि आगोका थालहरू तयार पारिनेछन् र उसलाई नर्कको आगोमा तताइनेछ, त्यसपछि उसको छेउ, निधार र ढाड डामिनेछन्। जब पनि पाटीहरू चिसो हुन्छन्, तिनीहरूलाई फेरि तताइनेछ। यो दण्ड पचास हजर वर्ष लामो दिनमा हुनेछ। जबसम्म सेवकहरू बीच फैसला हुँदैन यो जारी रहनेछ। त्यसपछि ऊ आफ्नो बाटो लाग्छ; स्वर्ग वा नर्क ।"
सही मुत्तफकुन अलैहि
जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, रसूल अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।"
सही बुखारीले वर्णन गरेका छन्