عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Grading
Narrated in
Narrator
Show all narrators (20)
"जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक सबैको पूजा अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
मैले सोधे: हे अल्लाहको रसूल! न्यायको दिन हजुरको शिफाअत (मध्यस्थता) को बढी हकदार कुन भाग्यमानी मान्छे हुनेछ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “हे अबू हुरैरा! "हदीस"को लागि तिम्रो चासो देखेर, तिमी भन्दा पहिले यो कसैले सोध्ने छैन भन्ने मलाई लागेको थियो । न्यायको दिनमा, मेरो शिफाअत (सिफारिस) को बढी हकदार त्यो व्यक्ति हुनेछ, जसले आफ्नो हृदय वा आत्माबाट नै इमान्दारीपूर्वक "ला इलाहा इल्लल्लाह" को गवाही दिन्छ ।"
सही बुखारीले वर्णन गरेका छन्
अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) ले मलाई भन्नुभयो: के म तिमीलाई त्यस मिसन/ अभियानमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? तिमीले यदि कुनै पनि मुर्तिलाई देख्यौ भने त्यसलाई मेटाई देऊ र कुनै अग्लो कब्र (चिहान) छ भने त्यसलाई समतल गरी देऊ ।
सही मुस्लिमले वर्णन गरेका छन्
"तिमीहरु तागूत (अल्लाह बाहेक अन्य असत्य कुराहरू) को कसम नखाऊ न त आफ्ना पुर्खाहरूको ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसिरहेका थियौँ, जहाँ अबू बक्र र उमर (रदियल्लाहु अन्हुमा) सहित केही अन्य साथीहरू पनि उपस्थित थिए। त्यत्तिकैमा उहाँ हाम्रो बीचबाट उठेर कतै जानुभयो। उहाँ फर्किन निकै बेर भएपछि हामी चिन्तित भयौँ—कतै उहाँ एक्लै हुँदा (शत्रुहरूले) कुनै हानि त पुऱ्याएनन्? यो डरले हामी सबैजना आत्तियौँ र उहाँको खोजीमा निस्कियौँ।
सबैभन्दा पहिले म आत्तिएर उहाँलाई खोज्दै हिँडेँ। खोज्दै जाँदा म अन्सारहरूको ‘बनू नज्जार’ गोत्रको एउटा बगैँचासम्म पुगेँ। भित्र पस्ने ढोका कतै भेटिन्छ कि भनेर मैले बगैँचाको चारैतिर हेरेँ, तर कुनै बाटो पाइनँ। त्यहीँ बाहिरको इनारबाट बगैँचाभित्र पानी गइरहेको एउटा सानो कुलो (रबीअ्) देखेँ—र रबीअ् भनेको सानो कुलो हो। म कुनै फ्याउरोझैँ खुम्चिएर त्यही कुलोको बाटो हुँदै भित्र पसेँ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भएठाउँ पुगेँ।
उहाँले भन्नुभयो, "अबू हुरैरा हौ?"
मैले उत्तर दिएँ, "हजुर, हे अल्लाहका रसूल!"
उहाँले सोध्नुभयो, "के भयो?"
मैले भनेँ, "तपाईँ हाम्रो बीचबाट उठेर आउनुभयो, तर फर्किन ढिलो भएपछि तपाईँलाई कतै केही भइहाल्यो कि भन्ने डरले हामी आत्तियौँ। सबैभन्दा पहिला आत्तिएर खोज्न निस्किने म नै थिएँ। त्यसैले बगैँचाको कुलोबाट खुम्चिँदै यहाँसम्म आइपुगेँ र अरू साथीहरू पनि मेरो पछिपछि खोज्दै छन्।"
उहाँले आफ्ना जुत्ताहरू मलाई दिँदै भन्नुभयो, "हे अबू हुरैरा! मेरा यी जुत्ताहरू लिएर जाऊ। यस बगैँचाबाहिर तिमीले जसलाई भेट्छौ, यदि उसले साँचो मन र पूर्ण विश्वासका साथ 'अल्लाहबाहेक अरू कोही पूज्य छैन' भनी गवाही दिन्छ भने उसलाई स्वर्गको शुभ समाचार सुनाइदेऊ।"
बगैँचाबाट बाहिर निस्कँदा मलाई भेट्ने पहिलो व्यक्ति उमर (रदियल्लाहु अन्हु) थिए। उनले सोधे, "हे अबू हुरैरा! यी जुत्ताहरू कस्ता हुन्?" मैले भनेँ, "यी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का जुत्ता हुन्। उहाँले मलाई यी दिएर पठाउनुभएको हो, ताकि जसले हृदयदेखि विश्वास गरेर पूर्ण निष्ठाका साथ 'अल्लाहबाहेक कोही पूज्य छैन' भनी गवाही दिन्छ, उसलाई म जन्नतको शुभ समाचार सुनाउन सकूँ।"
यो सुन्नासाथ उमरले मेरो छातीमा हातले धकेले र म पछाडि भुइँमा उत्तानो परेर लडेँ। अनि उनले भने, "हे अबू हुरैरा! फर्केर जाऊ।"
म आँखाभरि आँसु लिएर पुनः रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ फर्किएँ। मेरो पछिपछि उमर पनि आइपुगे।
तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अबू हुरैरा, तिमीलाई के भयो?" मैले भनेँ, "मैले बाहिर उमरलाई भेटेर तपाईँको सन्देश सुनाएँ, तर उनले मलाई छातीमा यसरी धकेले कि म भुइँमा लडेँ र उनले मलाई फर्किन भने।"
तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "हे उमर! तिमीलाई यस्तो गर्न कुन कुराले बाध्य पार्यो?" उनले भने, "हे अल्लाहका रसूल! मेरा बुबाआमा तपाईंका लागि समर्पित होऊन्। के तपाईँले नै अबू हुरैरालाई जुत्ता दिएर, निष्ठापूर्वक गवाही दिने जोकसैलाई जन्नतको सुसमाचार सुनाउन पठाउनुभएको हो?"
उहाँले भन्नुभयो, "हो।"
उमरले भने, "हे अल्लाहका रसूल, त्यसो नगर्नुहोस्! मलाई डर छ, यो सुनेर मानिसहरू यसै कुरामा भर परेर सत्कर्म गर्न छोड्नेछन्। त्यसैले उनीहरूलाई कर्ममै लागिरहन दिनुहोस्।"
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको कुरा स्वीकार गर्दै भन्नुभयो, "हुन्छ, उनीहरूलाई (कर्म गर्न) छोडिदेऊ।""
सही मुस्लिमले वर्णन गरेका छन्
उनी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग कुनै यात्रामा सँगै थिए । उहाँ भन्नुहुन्छ कि जब मानिसहरू आफ्नो वासस्थान हरूमा अवस्थित थिए, उहाँ पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा सन्देशवाहकलाई यो घोषणा गर्न पठाउनुभयो: '' कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै ताविज छ भने त्यो काटियोस् ।
सही मुत्तफकुन अलैहि
उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा देखेको मारिया नामको चर्च र त्यस भित्र कोरिएका तस्बिरहरू बारे बताउनुभयो । तब उहाँले भन्नुभयो : "तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे र त्यसमा यी चित्रहरू राख्थे । तिनीहरू अल्लाहको नजरमा सबैभन्दा खराब प्राणी हुन् ।"
सही मुत्तफकुन अलैहि
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई आफ्नो मृत्यु भन्दा पाँच दिन अघि यसो भन्दै गरेको सुने: "म अल्लाह सामु यस कुरा प्रति असहमति जनाउन्छु , कि तिमीहरूमध्ये कोही मेरो 'खलील' (विशेष साथी) होस्। किनकि अल्लाहले मलाई आफ्नो ‘खलील’ (विशेष मित्र) बनाउनुभएको छ, जसरी उहाँले इब्राहीम (अलैहिस्सलाम) लाई आफ्नो खलील बनाउनुभएको थियो । यदि मैले मेरो उम्मतबाट कसैलाई ‘खलील’ बनाएको भए अबु बकरलाई बनाउने थिएँ । सुन, तिमीहरूभन्दा अघिका मानिसहरू आफ्ना धर्मी र नबीहरूका चिहानहरूलाई मस्जिदमा परिणत गर्थे । खबरदार! चिहानलाई पूज्यस्थल नबनाउनु, म तिमीहरूलाई त्यसो गर्नबाट रोक्दछु ।"
सही मुस्लिमले वर्णन गरेका छन्