Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

15 of 683 cards

Clear filters
"जबसम्म तिमीहरु यहूदीहरूसँग युद्ध गर्दैनौ तबसम्म प्रलय आउँदैन, यहाँ सम्म कि ढुङ्गाले भन्नेछ: हे मुस्लिम! हेर, यो मेरो पछाडि लुकेको व्यक्ति यहूदी हो, यसलाई मार ।"
सही मुत्तफकुन अलैहि
"जसको सुन वा चाँदी छ र त्यसको जकात तिर्दैन, कयामतको दिन उसको लागि आगोका थालहरू तयार पारिनेछन् र उसलाई नर्कको आगोमा तताइनेछ, त्यसपछि उसको छेउ, निधार र ढाड डामिनेछन्। जब पनि पाटीहरू चिसो हुन्छन्, तिनीहरूलाई फेरि तताइनेछ। यो दण्ड पचास हजर वर्ष लामो दिनमा हुनेछ। जबसम्म सेवकहरू बीच फैसला हुँदैन यो जारी रहनेछ। त्यसपछि ऊ आफ्नो बाटो लाग्छ; स्वर्ग वा नर्क ।"
सही मुत्तफकुन अलैहि
"के म तिमीहरूलाई दज्जाल सम्बन्धी त्यस्ता कुराहरू नबताऊँ, जुन कुनै नबीले आफ्ना अनुयायीहरूलाई भनेका छैनन्? निश्चय नै ऊ एकआँखा भएको (कानो) हुनेछ। ऊ स्वर्ग र नरक जस्तै देखिने वस्तुहरू ल्याउनेछ। तर उसले जसलाई स्वर्ग भन्छ, वास्तवमा त्यो नरक हुनेछ। म तिमीहरूलाई दज्जालबाट त्यसरीनै सावधान गराउँछु, जसरी नूह (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई चेतावनी दिएका थिए।"
सही मुत्तफकुन अलैहि
"अल्लाहको कसम जसको कब्जामा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि दान-प्रदान गर्दा कसैले स्वीकार गर्नेछैन ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा समात्नु हुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा बेर्नु हुनेछ। त्यसपछि उहाँले भन्नुहुनेछ: "म अल-मलिक (सर्वोच्च राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"
सही मुत्तफकुन अलैहि
"क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन। त्यसबेला, एक वर्ष महिनाजस्तो लाग्नेछ, एक महिना हप्ताजस्तो, एक हप्ता दिनजस्तो, एक दिन घण्टाजस्तो बितेको महसुस हुन्छ र एक घण्टा यति तीव्र गतिमा बित्नेछ, जसरी खजुरको पात एकैछिनमा जलेर भस्म हुन्छ।"
सही अहमदले वर्णन गरेका छन्
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।” यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
सही मुस्लिमले वर्णन गरेका छन्