Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

65 of 683 cards

Clear filters
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को देहावसान को समय नजिक आयो, उहाँले आफ्नो अनुहारमा चादर राख्नुभयो र जब सांस फुल्न थाल्यो उहाँले त्यो चादरलाई हटाएर भन्नुभयो: " अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको कब्रलाई (चिहान) मस्जिद बनाए ।" उहाँले यहूदी र ईसाईहरू जस्तै नगर्न आफ्नो अनुयायीहरु लाई चेतावनी दिनुभयो ।
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) म कहाँ आउनुभयो र मैले मेरो सामान राखिने सानो कपाटलाई जीवित प्राणीहरूको तस्बिर भएको पर्दाले ढाकेको थिएँ । उहाँले त्यो पर्दालाई हेर्ने बित्तिकै तान्नु भयो र उहाँको अनुहारको रंग नै रिसले परिवर्तन भयो र भन्नुभयो: "हे आइशा! न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।" आइशा (रजि.) ले भन्नुभयो: "त्यसपछि हामीले त्यसलाई काट्यौं र त्यसबाट एक वा दुईवटा तकिया (सिरानी) बनायौं।"
सही मुत्तफकुन अलैहि
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: अल्लाह र तपाईले जे चाहनुहुन्छ त्यही हुनेछ । यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमीले मलाई अल्लाहको बराबर ठहर गरेको छौ?" बरु यसो भन्नु: अल्लाहले मात्र जे चाहनुहुन्छ (त्यही हुन्छ) ।"
यसको सनद हसन हो رواه ابن ماجه والنسائي في الكبرى وأحمد
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभयो: “हे मोअज! के तिमीलाई थाहा छ, भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो?” मैले भनें: अल्लाह र उहाँका रसूललाई राम्ररी थाहा छ । उहाँले भन्नुभयो: "भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन् । मैले भने: हे अल्लाहका दूत, के म मानिसहरूलाई यो शुभ समाचार नदिउँ ? उहाँले भन्नुभयो: "नदेऊ, अन्यथा मानिसहरू त्यसमा भर परेर बस्नेछन् (र सूकर्म गर्ने छैनन्) ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई "हुदैबिया" भन्ने ठाउँ मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात वर्षा भएको थियो । नमाज पढे पछि मानिसहरूतर्फ फर्किएर भन्नुभयो: " तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर (अविश्वासी) भएको छन् । जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भएको हो, उसले ममा विश्वास गर्‍यो र नक्षत्रलाई इन्कार गर्‍यो र जसले भन्छ: ग्रह र नक्षत्रले गर्दा वर्षा भएको हो, उसले नक्षत्रमा विश्वास गर्‍यो र म माथि अविश्वास गर्‍यो ।"
सही मुत्तफकुन अलैहि
"जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक सबैको पूजा अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।"
इमाम नववीले भनेका छन्ः हसन हदीस इब्ने माजा, बैहकी तथा अन्यले रिवायत गरेका छन्
मैले सोधे: हे अल्लाहको रसूल! न्यायको दिन हजुरको शिफाअत (मध्यस्थता) को बढी हकदार कुन भाग्यमानी मान्छे हुनेछ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “हे अबू हुरैरा! "हदीस"को लागि तिम्रो चासो देखेर, तिमी भन्दा पहिले यो कसैले सोध्ने छैन भन्ने मलाई लागेको थियो । न्यायको दिनमा, मेरो शिफाअत (सिफारिस) को बढी हकदार त्यो व्यक्ति हुनेछ, जसले आफ्नो हृदय वा आत्माबाट नै इमान्दारीपूर्वक "ला इलाहा इल्लल्लाह" को गवाही दिन्छ ।"
सही बुखारीले वर्णन गरेका छन्