Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

65 of 683 cards

Clear filters
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा कुरा भन्नुभयो र मैले पनि एउटा कुरा भन्छु। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जो व्यक्ति अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ ।" मैले भन्छु: जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरी मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
सही मुत्तफकुन अलैहि
"अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले हरेक व्यक्तिसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ, जहाँ उहाँ र व्यक्तिबीच कुनै अनुवादक हुनेछैन। व्यक्तिले आफ्नो दायाँतर्फ हेर्नेछ र आफूले (परलोकका लागि) अघि पठाएका कर्महरू बाहेक अरू केही देख्नेछैन। उसले आफ्नो बायाँतर्फ हेर्नेछ र त्यहाँ पनि आफ्ना विगतका कर्महरू बाहेक केही देख्नेछैन। अनि उसले आफ्नो अगाडि हेर्नेछ र आफ्नो मुहारको ठिक सामुन्ने नर्क (जहन्नम) बाहेक केही देख्नेछैन। तसर्थ, खजूरको आधा टुक्रा दान गरेरै भए पनि आफूलाई नर्कको आगोबाट जोगाऊ।"
सही मुत्तफकुन अलैहि
"दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।"
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सवारीमा पछाडि बसिरहेको मुआजलाई भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले तीन पटक यसरी बोल्नुभयो र त्यसपछि उहाँले भन्नुभयो: " जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ । उनले भने: हे अल्लाहको रसूल! के म अरूलाई यसको जानकारी दिऊ ताकि तिनीहरू खुसी होउन्? उहाँले भन्नुभयो: "त्यसो गर्दा तिनीहरू यसैमा भर पर्नेछन् ।" तर मुआज (रजियल्लाहु अन्हु) ले यो हदीस आफ्नो मृत्युको समयमा (ज्ञान लुकाउने) पापबाट बच्नको लागि सुनाए ।
सही मुत्तफकुन अलैहि
केही मानिसहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ज्योतिषीहरूको बारेमा सोधे अनि उहाँले भन्नुभयो: "ती मानिसहरूले भनेको कुरामा कुनै सत्यता छैन ।" सोध्ने मानिसहरूले भने: हे अल्लाहको रसूल! यिनीहरूले कहिलेकाहीँ यस्ता कुराहरू सुनाउँछन् जुन सत्य साबित हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।"
सही मुत्तफकुन अलैहि
"चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले भन्नुहुन्छ : जसले मेरो 'वली' (असल भक्त) प्रति शत्रुता राख्छ, म उसकै विरुद्ध युद्धको घोषणा गर्छु। मेरा भक्तहरूले मेरो सामीप्य प्राप्त गर्ने कार्यहरूमध्ये, मैले उनीहरूमाथि अनिवार्य (फर्ज) गरेका कार्यहरू नै मलाई सबैभन्दा प्रिय छन्। जब मेरो भक्त थप 'नफ़ील' (स्वैच्छिक उपासना) मार्फत मेरो नजिक हुने प्रयास गर्छ, तब म उसलाई माया गर्न थाल्छु। जब म उसलाई माया गर्छु, म उसको कान (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) सुन्छ; म उसको आँखा (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) देख्छ; म उसको हात (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) पक्रन्छ; र म उसको पाइलाहरू (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुराको लागि) हिँड्छ। यदि उसले मसँग माग्छ भने, म उसलाई अवश्य दिन्छु; र यदि उसले मसँग शरण माग्छ भने, म उसलाई अवश्य शरण दिन्छु।"
सही बुखारीले वर्णन गरेका छन्