Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

11 of 683 cards

Clear filters
"जुन रात मलाई मेराज (स्वर्ग) मा लगियो, मैले इब्राहिम (अलैहिस्सलाम) लाई भेटें, उहाँले भन्नुभयो: हे मुहम्मद! आफ्नो उम्मतलाई मेरो सलाम सुनाउनुहोस् र तिनीहरूलाई भन्नुहोस्, स्वर्गको माटो धेरै राम्रो र यसको पानी धेरै मीठो छ।" तर यो खाली छ र यसका बिरूवाहरू "सुब्हानल्लाह", "अल्हम्दुलिल्लाह", "ला इलाह इल्लल्लाह" र "अल्लाहु अक्बर" हुन् ।"
शवाहिद (गवाहहरु) ले गर्दा हसन हो तिर्मीजीले वर्णन गरेका छन्
"व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।"
इमाम नववीले भनेका छन्ः हसन हदीस तिर्मिजी र अरूले पनि वर्णन गरेका छन्
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ। दुईटा (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला कर्महरू भनेको : जो अल्लाहसँग शिर्क (साझेदारी) नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा जानेछ, र जो अल्लाहसँग शिर्क गरेको अवस्थामा मर्यो भने ऊ नर्कमा जानेछ । र त्यो कर्म जसको प्रतिफल कर्म अनुसार नै पाइनेछ भनेको : जसले भित्री मनले कुनै सत्कर्म गर्ने नियत गर्दछ र अल्लाहले त्यस प्रति उसको प्रतिज्ञालाई देख्नुहुन्छ त उसको लागि एक नेकी (पुण्य) लेखिन्छ,र जसले दुष्कर्म गर्ने नियत गर्दछ, उसको लागि एउटा पाप मात्र लेखिन्छ । र जसले सत्कर्म गर्दछ, त्यसलाई दश गुणा बढी प्रतिफल दिइनेछ । र जसले अल्लाहको बाटोमा दान प्रदान गर्छ, त्यसलाई सात सय गुणा बढी प्रतिफल (पुण्य)दिइनेछ । र मानिसहरू चार प्रकारका छन्: (पहिलो) जसलाई संसारमा सुख सुविधा प्राप्त छ, तर आखिरत(परलोक)मा उसलाई कष्ट र दुःख हुनेछ ।(दोस्रो) जसले संसारमा कष्ट र दुःख साथ जीवन काट्यो, तर आखिरतमा उसलाई सुख सुविधा प्राप्त हुनेछ, (तेस्रो) जसलाई संसार र आखिरत दुवैमा कष्ट दुःख हुनेछ, (चौथो) जसलाई संसार र आखिरत दुवैमा सुख सुविधा प्राप्त हुनेछ।
हसन अहमदले वर्णन गरेका छन्
"एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भए र सलाम अर्पण गर्दै भने: 'अस्सलामु अलैकुम।' नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको सलामको जवाफ दिनुभयो। त्यसपछि ती व्यक्ति त्यहीँ बसे। तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'दश (पुण्य)।' त्यसपछि अर्का व्यक्ति आए र उनले भने: 'अस्सलामु अलैकुम व रहमतुल्लाह।' नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको सलामको जवाफ दिनुभयो। तत्पश्चात् उनी बसे। तब उहाँले भन्नुभयो: 'बीस (पुण्य)।' त्यसपछि तेस्रो व्यक्ति आए र उनले भने: 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह।' नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको सलामको जवाफ फर्काउनुभयो। त्यसपछि उनी पनि त्यहीँ बसे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तीस (पुण्य)।'"
हसन अबू दाऊद, तिर्मिजी, अहमद र दारमीले वर्णन गरेका छन्
"हामीलाई शिक्षा दिने नबि (सल्लल्लाहु अलैहि वसल्लम)का साथीहरूले हामीलाई बताए कि, उनीहरू नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म राम्रोसँग नबुझ्ने सम्म अर्को दश श्लोकहरू सिक्दैन्थे। सहाबाले भने: 'त्यसरी नै हामीले ज्ञान र कर्म (इल्म र अमल) दुवै प्राप्त गर्यौं।'
हसन अहमदले वर्णन गरेका छन्
"मैले सोधेँ, "हे अल्लाहका रसूल (सल्लल्लाहो अलैहे वसल्लम्)! मेरो सुव्यवहारको पहिलो हकदार को हो?" उहाँले भन्नुभयो, "तिम्री आमा, त्यसपछि तिम्री आमा, फेरि तिम्री आमा, त्यसपछि तिम्रा बुबा, र त्यसपछि प्राथमिकतानुसार अरू नजिकका नातेदारहरू।"
हसन अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।"
हसन अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।"
इमाम तिर्मिजीले भनेका छन्ः यो हसन हदीस हो तिर्मीजीले वर्णन गरेका छन्