Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

104 of 683 cards

Clear filters
"तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।"
सही मुत्तफकुन अलैहि
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: हे अल्लाहका रसूल! शैतान मेरो नमाज र मेरो कुरानकाे तिलावत (पाठ) को बीचमा आएर मलाई भ्रमित पार्न खोज्छ । यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर ।" उनी भन्छन्, जब मैले यसो गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।
सही मुस्लिमले वर्णन गरेका छन्
"सर्वशक्तिमान् र महान् अल्लाहले भन्नुभएको छ: 'आदमको सन्तानले मलाई कष्ट पुर्‍याउँछ। उसले समय (काल) लाई गाली गर्छ, जबकि समयको सम्पूर्ण व्यवस्था मेरो अधीनमा छ। सबै आदेश र अधिकार मेरो हातमा छन्। म नै रात र दिनलाई पालैपालो परिवर्तन गर्छु।'"
सही मुत्तफकुन अलैहि
"जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र उसले सोध्यो: हे अल्लाहका रसूल! निश्चित रुपमा हुने दुई कुराहरू के हुन्? उहाँले जवाफ दिनुभयो: "जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्ने छैन ।"
सही मुत्तफकुन अलैहि
"सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।"
सही मुत्तफकुन अलैहि
“विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह (नमाज) पढ्ने व्यक्ति सरह हो ।”
सही मुत्तफकुन अलैहि