Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
"समुहका साथ पढिएको नमाज (को पुण्य र श्रेष्ठता) बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ । तिमीहरूमध्ये जब कसैले वुजू गर्छ अनि राम्रो तरिकाले वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने मस्जिद नपुगेसम्म उसले चालेको हरेक पाइलाको बदलामा उसले एक पुण्य पाउँछ र उसको एउटा पाप क्षमा हुन्छ । मस्जिदमा प्रवेश गरिसकेपछि नमाजको लागि पर्खन्छ र जबसम्म नमाज पढ्ने समयलाई पर्खि बस्छ, ऊ उपासनाको अवस्थामा मानिन्छ। त्यसैगरी, यदि कुनै व्यक्ति नमाज पढेर आफ्नो स्थानमा बसिरहन्छ, जबसम्म उसले कसैलाई दुःख दिँदैन वा उसको वुजु भङ्ग हुँदैन, तबसम्म फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि अल्लाहसँग यस्तो प्रार्थना गरिरहन्छन्: “हे अल्लाह! उमाथि दया गर्नुहोस्। हे अल्लाह! उसलाई माफ गरिदिनुहोस्। हे अल्लाह! उसको पश्चात्ताप स्वीकार गर्नुहोस्।”
सही मुत्तफकुन अलैहि
"जमाअत (सामूहिक रूपमा) पढिने नमाज तिमीहरूमध्ये कुनै एक जनाले एक्लै पढ्ने नमाजभन्दा पच्चीस गुणा बढी श्रेष्ठ हुन्छ। र फज्रको नमाजमा रातका फरिश्ताहरू तथा दिनका फरिश्ताहरू एकत्रित हुन्छन्। त्यसपछि अबु हुरैरा (रदियल्लाहु अन्हु) ले भन्नुहुन्थ्यो: यदि तिमीहरू (यसको पुष्टि गर्न) चाहन्छौ भने कुरआनको यो आयत पढ: {निश्चय नै फज्रको कुरआन वाचनमा फरिश्ताहरू उपस्थित हुने गर्दछन्} [अल-इस्रा: ७८]।"
सही मुत्तफकुन अलैहि
"जो बिहान वा बेलुका मस्जिद जान्छ, अल्लाहले उसको लागि स्वर्गमा स्वागतका लागि स्थान तयार गर्नुहुन्छ, हरेक पटक जब ऊ बिहान वा बेलुका मस्जिद जान्छ।"
सही मुत्तफकुन अलैहि
"जसले लसुन वा प्याज खाएको छ, ऊ हामीबाट टाढा रहोस् - वा उहाँले भन्नुभयो: हाम्रो मस्जिदबाट टाढा रहोस् र आफ्नो घरमा बसोस्।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) सामु एउटा भाँडा ल्याइयो, जसमा हरियो तरकारी थियो र उहाँलाई त्यसको गन्ध आयो, उहाँले त्यसमा के छ भनेर सोध्नु भयो र उहाँलाई जवाफ दिइयो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: यसलाई मेरो साथीलाई देऊ । जब त्यो साथीले यो देख्यो, उसलाई पनि खान मन परेन। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमी खाऊ, किनकि म जोससँग कानेखुसी गर्छु तिमी गर्दैनौ।"
सही मुत्तफकुन अलैहि