Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

15 of 683 cards

Clear filters
"मलाई सातवटा अंगहरूमा सजदा गर्न आदेश दिइएको छ: निधार, नाक (उहाँले आफ्नो हातले नाकतिर सङ्केत गर्नुभयो), दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका औंलाहरूमा। (त्यसैगरी सज्दा गर्दैमा) कपडा र कपाललाई बाँध्नु वा समेट्नु बाट मनाही गरिएको छ ।"
सही मुत्तफकुन अलैहि
केही मानिसहरू सहल बिन साद साइदी कहाँ आए । मिन्बरको काठ कुन रुखको हो भनेर उनीहरुबीच बहस चलिरहेको थियो । तिनीहरूले सहललाई यसको बारेमा सोधे, उनले भने: म अल्लाहको कसम खाएर भन्दछु, यो काठ कुन रूखको हो मलाई राम्रोसँग थाहा छ । यसलाई पहिलो पटक राखेको दिन र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिलो पटक यसमा बस्नुभएको दिन पनि मैले देखेको छु । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (जसको नाम सहल (रजि.) ले पनि लिएका थिए) लाई सन्देश पठाउनुभयो : "तिम्रो सिकर्मी कामदारलाई मेरो लागि एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ।" उनले आफ्नो नोकरलाई जंगलको रूखबाट मिम्बर तयार गर्न आदेश दिइन् । अनि उनले त्यो मिम्बर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् अनि उहाँले त्यो मिम्बरलाई यो ठाउँमा राख्न आदेश दिनुभयो । त्यसपछि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्दै गरेको देखें । उहाँले त्यसमाथि उभिएर तकबीर भन्नुभयो त्यसपछि रुकुअ गर्नुभयो र त्यसपछि उहाँ पछाडि हट्नुभयो र मिम्बरबाट ओर्लनुभयो र मिम्बर नजिकै सज्दा गर्नुभयो र त्यसपछि मिन्बरमा उभिनुभयो । नमाज समाप्त भएपछि मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो: " हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हुँ, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।"
सही मुत्तफकुन अलैहि
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग नमाज पढें। उहाँले आफ्नो दाहिने तर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो र देब्रेतर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो।
हसन अबू दाऊदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
सही अबू दाउद, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।"
सही इब्ने हिब्बानले वर्णन गरेका छन्
"जब तिमी सज्दा गर्छौ, आफ्नो हत्केला भुइँमा राख र कुहिनाहरू माथि उठाऊ।"
सही मुस्लिमले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
शवाहिद (गवाहहरु) ले गर्दा हसन हो अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्