Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

13 of 683 cards

Clear filters
"मलाई सातवटा अंगहरूमा सजदा गर्न आदेश दिइएको छ: निधार, नाक (उहाँले आफ्नो हातले नाकतिर सङ्केत गर्नुभयो), दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका औंलाहरूमा। (त्यसैगरी सज्दा गर्दैमा) कपडा र कपाललाई बाँध्नु वा समेट्नु बाट मनाही गरिएको छ ।"
सही मुत्तफकुन अलैहि
केही मानिसहरू सहल बिन साद साइदी कहाँ आए । मिन्बरको काठ कुन रुखको हो भनेर उनीहरुबीच बहस चलिरहेको थियो । तिनीहरूले सहललाई यसको बारेमा सोधे, उनले भने: म अल्लाहको कसम खाएर भन्दछु, यो काठ कुन रूखको हो मलाई राम्रोसँग थाहा छ । यसलाई पहिलो पटक राखेको दिन र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिलो पटक यसमा बस्नुभएको दिन पनि मैले देखेको छु । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (जसको नाम सहल (रजि.) ले पनि लिएका थिए) लाई सन्देश पठाउनुभयो : "तिम्रो सिकर्मी कामदारलाई मेरो लागि एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ।" उनले आफ्नो नोकरलाई जंगलको रूखबाट मिम्बर तयार गर्न आदेश दिइन् । अनि उनले त्यो मिम्बर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् अनि उहाँले त्यो मिम्बरलाई यो ठाउँमा राख्न आदेश दिनुभयो । त्यसपछि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्दै गरेको देखें । उहाँले त्यसमाथि उभिएर तकबीर भन्नुभयो त्यसपछि रुकुअ गर्नुभयो र त्यसपछि उहाँ पछाडि हट्नुभयो र मिम्बरबाट ओर्लनुभयो र मिम्बर नजिकै सज्दा गर्नुभयो र त्यसपछि मिन्बरमा उभिनुभयो । नमाज समाप्त भएपछि मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो: " हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हुँ, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
सही अबू दाउद, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।"
सही इब्ने हिब्बानले वर्णन गरेका छन्
"जब तिमी सज्दा गर्छौ, आफ्नो हत्केला भुइँमा राख र कुहिनाहरू माथि उठाऊ।"
सही मुस्लिमले वर्णन गरेका छन्