Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

153 of 683 cards

Clear filters
"अल्लाहले यहूदी र इसाईहरूलाई अभिशाप दिनुभएको छ, किनभने उनीहरूले आफ्ना नबीहरूका चिहानहरूलाई मस्जिद (पूजास्थल) बनाएका थिए।" त्यसपछि आयशा (रज़ियल्लाहु अन्हा) ले भन्नुभयो: "यदि यो आशङ्का नभएको भए उहाँ (नबी (सल्लल्लाहु अलैहि वसल्लम) ) को चिहान खुला स्थानमा बनाइने थियो, तर यस भयले गर्दा त्यसो गरिएन कि कतै त्यसलाई पनि मस्जिद (पूजास्थल) नबनाइयोस्।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيزيارة القبور، توحيد الألوهية
"अल्लाह भन्नुहुन्छ: आदमको सन्तानको हरेक कर्म उसको लागि हो, (रोजा) उपवास बाहेक, किनकि यो केवल मेरो लागि हो र म यसको प्रतिफल दिनेछु । उपवास ढाल हो । जब तिमीहरू मध्ये कोही उपवासमा हुन्छ, उसले अश्लील कुरा नगरोस् वा हल्ला नगरोस्। यदि कसैले उसलाई गाली गर्छ वा बहस गर्छ भने, उसले भनोस्, "म उपवासमा छु।" अल्लाहको कसम, जसको हातमा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को प्राण छ, रोजा राख्ने व्यक्तिको मुखको गन्ध अल्लाहको दृष्टिमा कस्तुरीको सुगन्धभन्दा पनि पवित्र हुन्छ। रोजा राख्ने व्यक्तिको लागि दुई खुशीका अवसरहरू छन् जसमा ऊ खुशी हुन्छ: जब उसले आफ्नो रोजा तोड्छ, ऊ खुशी हुन्छ र जब उसले आफ्नो प्रभुलाई भेट्नेछ आफ्नो रोजाको कारण खुशी हुन्छ ।‎
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيفضل الصيام
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तकबीर भनी नमाज सुरु गर्नुहुन्थ्यो र जब रुकुका लागि तकबीर भन्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात काँधसम्म उठाउनुहुन्थ्यो। रुकुबाट टाउको उठाउँदा पनि त्यसैगरी दुवै हात उठाउनुहुन्थ्यो र “समिअल्लाहु लिमन् हमिदह, रब्बना व लकल-हम्द” भन्नुहुन्थ्यो। जबकि सज्दामा यसो गर्नुहुन्नथ्यो।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيسنن الصلاة، صفة الصلاة، أذكار الصلاةموضوعات الحديثسنن الصلاة، صفة الصلاة
"जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठाउँछ, ऊ हामी मध्येको होइन ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالمجتمع المسلم، حد قطاع الطريق، حد أهل البغي، الخروج على الإمامموضوعات الحديثقتل النفس، الظلم، الآداب
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
सही मुत्तफकुन अलैहि
التصنيف الشرعياللباس والزينة، أحكام المولود، الأخلاق الذميمة، سنن الفطرة والسواكموضوعات الحديثحقوق الأولاد، سنن الفطرة
"तिमीहरूमध्ये जोसँग विवाह गर्ने सामर्थ्य छ, उसले विवाह गरिहालोस्। किनकि विवाहले आँखालाई झुकाउने (अवैध दृष्टिबाट बचाउने) र लज्जास्थानलाई सुरक्षित राख्ने काम गर्छ। र जससँग सामर्थ्य छैन, उसले रोजा (व्रत) राखोस्। किनकि व्रतले यौन इच्छालाई कमजोर गर्छ ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيفضل الصيام، فضل النكاح وآدابه
"जिब्रीलले मलाई छिमेकीप्रति निरन्तर वसीयत गरीरहे यहाँसम्म कि मैले ख्याल गरे अब उनले छिटै छिमेकीलाई वारिस (उत्तराधिकारी) पनि बनाउने आदेश ल्याउनेछन्।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيالصلح وأحكام الجوار، الأخلاق الحميدةموضوعات الحديثالإحسان إلى الجارمحاور التعريف بالإسلاممحاسن الأخلاق
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र वृद्धमाथि अनिवार्य गर्नुभएको छ र मानिसहरूलाई ईदको नमाजको लागि निस्कनु अघि नै चुक्ता गर्ने आदेश दिनुभएको छ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيزكاة الفطر