Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

26 of 683 cards

Clear filters
"निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।"
सही अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
“हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"जब पानी दुई कुल्ला (दुई ठूला गाग्रा बराबर) हुन्छ, यसले फोहोरलाई प्रभाव पार्न दिँदैन।"
सही अबू दाऊद, तिर्मिजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु। अल्लाहको धिक्कार ती समुदायहरूमाथि होस्, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिद (पूजा गर्ने ठाउँ) बनाए" ।
सही अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"
सही तिर्मीजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई फजरको नमाज पढाउनुभयो र सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले फेरि सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले भन्नुभयो: "मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ। नमाजको पहिलो पङ्क्ति स्वर्गदूतहरूको पङ्क्ति जस्तै हुन्छ। यदि तिमीहरूलाई यसको महत्त्व थाहा भएको भए तिमीहरू त्यसको लागि हतार गर्ने थियौ। एकलै नमाज पढ्नुभन्दा दुई जना मिलेर नमाज पढ्नु उत्तम हुन्छ र दुई जनाभन्दा तीन जना मिलेर पढ्नु झन् उत्तम हुन्छ। (नमाजमा) जति धेरै मानिसहरूको उपस्थिति हुन्छ, अल्लाहलाई त्यो त्यति नै बढी प्रिय हुन्छ।"
सही अबू दाऊद, निसाई र अहमदले वर्णन गरेका छन्
"जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, उहाँ ‘गुफ्रानक’ भन्ने गर्नुहुन्थ्यो; जसको अर्थ हो— 'हे अल्लाह! म तपाईंसँग क्षमा याचना गर्दछु।'"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्