عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Grading
Narrated in
Narrator
Show all narrators (12)
"मैले दुई प्रकारका नरकवासी (अहिलेसम्म) देखेको छैनँ:
पहिलो ती मानिसहरू जसको साथमा गाईको पुच्छर जस्तै कोर्रा हुनेछ र तिनीहरूले मानिसहरूलाई त्यसले पिट्नेछन्।
दोस्रो ती महिलाहरू जो लुगा लगाएर पनि नाङ्गै हुनेछन्, अरूलाई आकर्षित गर्नेछन् र आफैँ पनि आकर्षित हुनेछन्, तिनीहरूको टाउको (केश सजावट) ऊँटको जुरो (कोहान) जस्तै अग्लो हुनेछ।
तिनीहरू स्वर्गमा प्रवेश गर्नेछैनन् न त यसको सुगन्ध नै पाउनेछन्, जबकि स्वर्गको सुगन्ध अत्यधिक दूरीबाट नै अनुभव गर्न सकिन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"'मलाई स्वर्ग र नर्क प्रत्यक्ष देखाइयो; आजको दिनजस्तो भलाइ र खराबीको त्यति गम्भीर दृश्य मैले कहिल्यै देखेको थिइनँ। यदि तिमीहरूलाई ती कुराहरू थाहा हुन्थ्यो—जो मलाई थाहा छ—भने तिमीहरू थोरै हाँस्ने थियौ र धेरै रुने थियौ।' वर्णनकर्ता अनस (रजिअल्लाहु अन्हु) भन्नुहुन्छ: 'रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबाहरूमाथि त्यो दिनभन्दा अधिक कठोर र गम्भीर दिन कहिल्यै आएको थिएन। उनीहरूले आफ्ना वस्त्रले टाउको ढाकेका थिए र उनीहरूको रुवाइको सुँकसुँकाहट स्पष्ट सुनिन्थ्यो।' तत्पश्चात् हजरत उमर (रजिअल्लाहु अन्हु) उभिनुभयो र भन्नुभयो: 'हामी अल्लाहलाई आफ्नो एकमात्र पालनकर्ता, इस्लामलाई आफ्नो धर्म, र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूलका रूपमा स्वीकार गरी पूर्ण रूपमा सन्तुष्ट छौँ।'
त्यसपछि एक व्यक्ति उभिए र सोधे: 'हे अल्लाहका रसूल! मेरा पिता को हुन्?' उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिम्रा पिता फलानो व्यक्ति हुन्।' त्यस घडी अल्लाहले यो आयत अवतरण गर्नुभयो: {हे आस्थावानहरू हो ! ती कुराहरुबारे सोधपुछ नगर जुन तिमीहरूसमक्ष प्रकट गरिएमा तिमीहरूलाई नराम्रो लाग्नेछ।}" [अल-माइदा: १०१]
सही मुत्तफकुन अलैहि
अल्लाहले भन्नुभएको छ: "मैले मेरा असल र सदाचारी भक्तहरूका लागि त्यस्ता सुख-सुविधाहरू तयार पारेको छु, जसलाई न त कुनै आँखाले देखेको छ, न कुनै कानले सुनेको छ, न त कुनै मानिसको हृदयमा त्यसको कल्पना नै आएको छ।" अबु हुरैराह (रदियल्लाहु अन्हु) ले भन्नुभयो: "यदि तिमीहरू चाहन्छौ भने (पुष्टिका लागि कुरआनको यो आयात) पढ: {र कुनै पनि व्यक्तिलाई थाहा छैन कि उनीहरूले गरेका कर्महरूको प्रतिफलस्वरूप उनीहरूका लागि आँखालाई शीतलता प्रदान गर्ने (कस्ता-कस्ता सुख-सुविधाहरू) गोप्य राखिएका छन्।}" [सूरह अस्-सज्दा: १७]।
सही मुत्तफकुन अलैहि
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, अचानक हामीले केही खसेको आवाज सुन्यौं । तब उहाँले भन्नुभयो: "तिमीहरूलाई थाहा छ यो के (को आवाज) हो?" हामीले भन्यौं: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो: "यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले गवाही दिन्छ, अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ र उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका भक्त र रसूल हुनुहुन्छ र ईसा (अलैहिस्सलाम) उहाँका सेवक, दूत र उहाँको वचन (द्वारा सृष्टित) हुन् र उहाँ तर्फबाट पठाइएको एक रूह (आत्मा) हुन् जुन उहाँले मरियमतर्फ पठाउनुभयो र स्वर्ग तथा नरक सत्य हो। (जसले यो सबैको गवाही दिन्छ) अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।"
सही मुत्तफकुन अलैहि
"कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ। यो देखेर नरकवासीहरू उसको वरिपरि भेला हुनेछन् र भन्नेछन्: 'हे फलानो! तिमीलाई यो के भयो? तिमी त भलाईको आदेश दिन्थ्यौ र नराम्रो कामबाट रोक्थ्यौ!' उसले जवाफ दिनेछ: 'हो, म अरूलाई राम्रो कामको आदेश दिन्थें तर म आफैँ त्यसको विपरीत गर्थें; र अरूलाई नराम्रो काम गर्नबाट रोक्थें तर म आफैँ त्यसमा लिप्त हुन्थें।'"
सही मुत्तफकुन अलैहि