Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

8 of 683 cards

Clear filters
"तिम्रो संसारको आगो नर्क को आगोको सत्तरी भागमध्ये एक भाग हो ।" कसैले भन्यो: हे अल्लाहको रसूल! यो (संसारको आगो) मात्र भए पनि पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : " नरकको आगोको तपन ६९ प्रतिशत बढी छ र त्यसको प्रत्येक भागको तपन संसारको आगो जस्तै छ।"
सही मुत्तफकुन अलैहि
"निश्चय नै, स्वर्गमा प्रवेश गर्ने पहिलो समूह पूर्णिमाको रातको चन्द्रमाजस्तै उज्यालो र सुन्दर स्वरूपमा हुनेछ। त्यसपछि आउनेहरू आकाशमा सबैभन्दा बढी चम्किने उज्ज्वल ताराजस्तै हुनेछन्। उनीहरूले न त पिसाब गर्नेछन्, न दिसा गर्नेछन्, न थुक्नेछन्, न सिँगान फाल्नेछन्। उनीहरूका काइँयोहरू सुनका हुनेछन्, उनीहरूको पसिना कस्तूरी (मिस्क) जस्तै सुगन्धित हुनेछ, उनीहरूका धूपदानीहरूमा सुगन्धित अगर (ऊद) काठ हुनेछ र उनीहरूका पत्नीहरू ठूला तथा सुन्दर आँखावाली हूरहरू हुनेछन्। उनीहरू सबै एउटै व्यक्ति आफ्ना पिता आदम (अलैहिस्सलाम) को स्वरूपमा हुनेछन्, जसको उचाइ आकाशतर्फ साठी हात हुनेछ।"
सही मुत्तफकुन अलैहि
"नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।"
सही बुखारीले वर्णन गरेका छन्
"निश्चय नै स्वर्गमा तिमीहरूमध्ये सबैभन्दा तल्लो स्थान पाउने व्यक्ति त्यो हुनेछ जसलाई अल्लाहले भन्नुहुनेछ: 'कामना गर।' अनि उसले कामना गर्नेछ र गर्दै जानेछ। त्यसपछि अल्लाहले उसलाई सोध्नुहुनेछ: 'के तिमीले कामना गरिसक्यौ?' उसले भन्नेछ: 'हो।' तब अल्लाहले भन्नुहुनेछ: 'तिमीले जेजतिको इच्छा गरेका छौ, ती सबै तिम्रा लागि हुन्, र त्यसका अतिरिक्त त्यति नै अरू पनि तिम्रा लागि हुन्।'"
सही मुस्लिमले वर्णन गरेका छन्
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"
हसन सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"मैले दुई प्रकारका नरकवासी (अहिलेसम्म) देखेको छैनँ: पहिलो ती मानिसहरू जसको साथमा गाईको पुच्छर जस्तै कोर्रा हुनेछ र तिनीहरूले मानिसहरूलाई त्यसले पिट्नेछन्। दोस्रो ती महिलाहरू जो लुगा लगाएर पनि नाङ्गै हुनेछन्, अरूलाई आकर्षित गर्नेछन् र आफैँ पनि आकर्षित हुनेछन्, तिनीहरूको टाउको (केश सजावट) ऊँटको जुरो (कोहान) जस्तै अग्लो हुनेछ। तिनीहरू स्वर्गमा प्रवेश गर्नेछैनन् न त यसको सुगन्ध नै पाउनेछन्, जबकि स्वर्गको सुगन्ध अत्यधिक दूरीबाट नै अनुभव गर्न सकिन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
अल्लाहले भन्नुभएको छ: "मैले मेरा असल र सदाचारी भक्तहरूका लागि त्यस्ता सुख-सुविधाहरू तयार पारेको छु, जसलाई न त कुनै आँखाले देखेको छ, न कुनै कानले सुनेको छ, न त कुनै मानिसको हृदयमा त्यसको कल्पना नै आएको छ।" अबु हुरैराह (रदियल्लाहु अन्हु) ले भन्नुभयो: "यदि तिमीहरू चाहन्छौ भने (पुष्टिका लागि कुरआनको यो आयात) पढ: {र कुनै पनि व्यक्तिलाई थाहा छैन कि उनीहरूले गरेका कर्महरूको प्रतिफलस्वरूप उनीहरूका लागि आँखालाई शीतलता प्रदान गर्ने (कस्ता-कस्ता सुख-सुविधाहरू) गोप्य राखिएका छन्।}" [सूरह अस्-सज्दा: १७]।
सही मुत्तफकुन अलैहि
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, अचानक हामीले केही खसेको आवाज सुन्यौं । तब उहाँले भन्नुभयो: "तिमीहरूलाई थाहा छ यो के (को आवाज) हो?" हामीले भन्यौं: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो: "यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”
सही मुस्लिमले वर्णन गरेका छन्