Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

11 of 683 cards

Clear filters
"चारवटा गुणहरू छन्; जुन व्यक्तिमा यी सबै पाइन्छन्, ऊ पूर्ण मुनाफिक (पाखण्डी, कपटी) हो र यदि तीमध्ये कुनै एक गुण पाइन्छ भने, उसमा पाखण्डको एक अंश हुन्छ, जबसम्म उसले त्यसलाई त्याग्दैन। — जब ऊ बोल्छ, झूट बोल्छ; जब वाचा गर्छ, पूरा गर्दैन; जब विवाद गर्छ, अन्यायपूर्ण व्यवहार गर्छ; र जब सम्झौता गर्छ, त्यसमा धोका दिन्छ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"तिमीहरू साना र तुच्छ ठानिएका पापहरूबाट बच्नू; किनकि साना पापहरूको उदाहरण त्यस्ता मानिसहरूको समूह जस्तै हो, जसले कुनै उपत्यकाको फेदमा बास गरे। त्यसपछि एक जनाले एउटा सानो दाउरो ल्यायो, अर्कोले अर्को दाउरो ल्यायो, यसरी दाउरो जम्मा गर्दै अन्ततः उनीहरूले (आगो बालेर) आफ्नो रोटी पकाए। निश्चय नै, साना ठानिएका पापहरू एकत्रित हुँदै जान्छन्, र जब ती साना पापहरू गर्ने मानिसमाथि पकड हुन्छ, तब ती साना पापहरूले नै उसलाई नष्ट गरिदिन्छन्।"
सही अहमदले वर्णन गरेका छन्
"जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।"
सही मुत्तफकुन अलैहि
"जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्।" मैले प्रश्न गरेँ, "हे अल्लाहका रसूल! एक व्यक्ति हत्यारा भएकाले नरकमा गयो तर पीडितको के दोष?" तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "उसको मनसाय पनि त हत्या गर्नु नै थियो।"
सही मुत्तफकुन अलैहि
"तिमीहरूभन्दा पहिलेको युगमा एउटा मानिस थियो, जसलाई चोट लागेको थियो। उसले पीडा सहन नसकी हतास भई चक्कुले आफ्नो हात काट्यो। रगत निरन्तर बगिरह्यो र अन्ततः उसको मृत्यु भयो। अल्लाहले भन्नुभयो: मेरो भक्तले आफ्नो ज्यान लिन हतार गर्‍यो, (मेरो निर्णयको प्रतीक्षा गरेन); त्यसैले मैले उसका लागि स्वर्ग निषेधित गरिदिएँ।"
सही मुत्तफकुन अलैहि
"सात घातक कुराहरूबाट सावधान रहनुहोस् "। साथीहरूले सोधे: हे अल्लाहका रसूल! तिनीहरू के हुन? उहाँले भन्नुभयो: “अल्लाहसँग शिर्क गर्ने (साझेदार बनाउने), जादु गर्ने, अल्लाहले निषेध गरेको प्राणीलाई अन्यायपूर्ण ढंगले हत्या गर्ने, ब्याज लेनदेन गर्ने, अनाथको सम्पत्ति खाने, युद्धको मैदानबाट भाग्ने र स्वच्छर निर्दोष आस्थावान, सोझो महिलाहरूमाथि व्यभिचारको आरोप लगाउने ।"
सही मुत्तफकुन अलैहि
"असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो । अत्तर बेच्ने व्यक्तिले तपाईंलाई अत्तर उपहार दिन सक्छ, वा तपाईंले उसबाट किन्न सक्नुहुन्छ, वा (कम्तीमा) तपाईंलाई उसबाट मिठो बास्ना त आउँछ। तर भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउन सक्छ, वा (कम्तीमा) तपाईंलाई त्यहाँबाट नराम्रो गन्ध आउनेछ।"
सही मुत्तफकुन अलैहि
"मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक । खुलेआम पाप भनेको एक व्यक्तिले रातमा पाप गर्छ र अल्लाहले उसको पापलाई ढाकिदिनुभए पछि बिहान उठ्दा उसले भन्छ: हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें । यद्यपि अल्लाहले उसको पापलाई ढाकिदिनुभएको थियो, तर उसले अल्लाहले ढाकिदिएको पर्दालाई हटायो ।" "मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा गरिनेछ, ती व्यक्तिहरूबाहेक जसले सार्वजनिक रूपमा पापहरू गर्छन्। पाप सार्वजनिक गर्नुको अर्थ यो हो कि कुनै व्यक्तिले रातको समयमा कुनै पाप गर्छ र अल्लाहले उसको पापलाई कसैलाई थाहा लाग्न दिनुहुन्न, (तर) ऊ बिहान उठेर भन्छ: 'हे साथी, हिजो राती मैले यस्तो-यस्तो गरें।' यसरी अल्लाहले ढाकिदिनुभएको पापको आवरण उसले आफैँले च्यातिदिन्छ।"
सही मुत्तफकुन अलैहि