عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Categories (13)
Grading
Narrated in
Show remaining sources
Narrator
Show all narrators (77)
"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"कुनै पनि मुस्लिमलाई कुनै दुःख वा संकट आइपर्दा यदि उसले अल्लाहको आदेश अनुसार यसो भन्दछ: {इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन} (निश्चय नै हामी अल्लाहकै हौँ र हामी उहाँतर्फ नै फर्किएर जानेछौँ), {अल्लाहुम्म अजुर्नी फी मुसीबती, व अख्लिफ ली खैरम् मिन्हा} ("हे अल्लाह! मेरो यस विपत्तिमा मलाई प्रतिफल प्रदान गर्नुहोस् र मलाई यसभन्दा उत्तम विकल्प दिनुहोस्"), भने अल्लाहले अवश्य नै उसलाई त्यसभन्दा श्रेष्ठ विकल्प प्रदान गर्नुहुनेछ।"
उम्मे सलमा (रजियल्लाहु अन्हा) ले भन्नुहुन्छ: जब अबु सलमा (मेरो पति) को देहान्त भयो, मैले मनमनै सोचेँ: ‘मुस्लिमहरूमध्ये अबु सलमाभन्दा उत्तम व्यक्ति को हुन सक्छ र? उहाँ नै पहिलो परिवारमध्ये हुनुहुन्थ्यो, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तर्फ बसाइँ सर्नुभएको थियो।’ तैपनि मैले उक्त दुआ (प्रार्थना) पढेँ। त्यसपछि अल्लाहले मलाई उहाँको सट्टामा स्वयं रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रदान गर्नुभयो।"
सही मुस्लिमले वर्णन गरेका छन्
उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "तिमीले मसित ठूलो कुराको बारेमा सोधेको छौ र यो त्यसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाहले सहज बनाइदिनुहुन्छ: अल्लाहको उपासना गर र उहाँसँग कसैलाई साझेदार नबनाऊ। नमाज कायम गर, जकात देऊ, रमजान महिनाको रोजा (व्रत) बस र बैतुल्लाह (काबा) को हज गर।"
फेरि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "के म तिमीलाई भलाइ (कल्याण) का ढोकाहरूको बारेमा नबताऊँ? रोजा ढाल हो र दानले पापहरूलाई त्यसरी नै मेटाइदिन्छ, जसरी पानीले आगोलाई निभाउँछ। त्यसैगरी, मानिसले रातमा पढ्ने नमाज ।" त्यसपछि उहाँ ले यो आयत पढ्नुभयो: "तिनीहरू (रात्रीको समयमा) आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन्। तिनीहरू आफ्ना पालनकर्तालाई भय एवं आशाका साथ पुकार्छन् र हामीले प्रदान गरेका कुराहरूबाट खर्च गर्छन्। अनि कुनै पनि व्यक्तिलाई थाहा छैन कि उनीहरूले गर्ने कर्मको प्रतिफलस्वरूप उनीहरूका लागि आँखालाई शीतलता प्रदान गर्ने कस्तो कुरा लुकाएर राखिएको छ।" (सुरह सज्दा, १६-१७)।
फेरि उहाँले भन्नुभयो, "के म तिमीलाई धर्मको मूल आधार, केन्द्रिय स्तम्भ र त्यसको सर्वोच्च शिखरको बारेमा नबताऊँ?" मैले भनेँ, 'अवश्य बताइदिनुहोस्, हे अल्लाहका रसूल!' उहाँले भन्नुभयो, "धर्मको मूल आधार इस्लाम (समर्पित गर्नु) हो, यसको केन्द्रिय स्तम्भ नमाज हो र यसको सर्वोच्च शिखर 'जिहाद' हो।"
त्यसपछि उहाँले भन्नुभयो, "के म तिमीलाई यी सबै कुराको सार नबताऊँ?" मैले भनेँ, 'अवश्य बताइदिनुहोस्, हे अल्लाहका रसूल!' उहाँले आफ्नो जिब्रो समातेर भन्नुभयो, "यसलाई नियन्त्रणमा राख।" मैले सोधेँ, 'हे अल्लाहका नबी! के हामी बोलेका कुराहरू प्रति पनि जवाफदेह हुनेछौं?' उहाँले भन्नुभयो, "हे मुआज! तिम्रो आमाले तिमीलाई गुमाओस्! (यो अरबी भाषामा सावधान गराउन भनिन्छ) मानिसहरूलाई उनीहरूको अनुहार वा नाकद्वारा घिसारेर आगोमा फ्याँकिनुको कारण उनीहरूको जिब्रो (बोली) नै त हो।"
सही तिर्मीजीले वर्णन गरेका छन्
"के म तिमीहरूलाई स्वर्गवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कमजोर र विनम्र व्यक्ति, यदि उसले अल्लाहको कसम खान्छ भने, अल्लाहले उसको कसम पूरा गर्नेछन्। के म तिमीलाई नर्कवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कठोर, विद्रोही, कंजूस र अहंकारी व्यक्ति।"
सही मुत्तफकुन अलैहि
"जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक सबैको पूजा अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
उहाँ हज्रे अस्वदको नजिक आउनुभयो र त्यसलाई चुम्बन गर्नुभयो अनि भन्नुभयो: "मलाई थाहा छ, तिमी एउटा ढुङ्गा हौ, जसले न हानि गर्न सक्छ, न फाइदा नै। यदि मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई तिमीलाई चुम्बन गर्नुभएको नदेखेको भए, मैले तिमीलाई चुम्बन गर्ने थिइनँ।"
सही मुत्तफकुन अलैहि
"कयामतको दिन सूर्य सृष्टिहरूको यति नजिक ल्याइनेछ कि तिनीहरू र सूर्यको बीचमा मात्र एक 'मील' को दूरी रहनेछ।" (अर्को वर्णनकर्ता) सुलैम बिन आमिरले भन्नुहुन्छ: "अल्लाहको कसम, मलाई थाहा भएन कि 'मील' शब्दले उहाँको आशय के थियो? जमिन नाप्ने दूरी वा आँखामा सुर्मा लगाउने सलाई?" अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अगाडि भन्नुभयो: "त्यस दिन मानिसहरू आ-आफ्नो कर्म अनुसार पसिनामा डुब्नेछन्। कोही गोलीगाँठो सम्म, कोही घुँडासम्म, कोही कम्मरसम्म पसिनामा हुनेछन् भने कसैलाई पसिनाले लगाम लगाउनेछ (अर्थात् पसिना मुखसम्म आउनेछ)।" यो भन्दै अल्लाहका सन्देशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो हातले मुखतिर इसारा गर्नुभयो।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।"
इमाम नववीले भनेका छन्ः हसन हदीस इब्ने माजा, बैहकी तथा अन्यले रिवायत गरेका छन्