Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

26 of 683 cards

Clear filters
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु ।” कयामतको दिनमा, जब मानिसहरूलाई उनीहरूका कर्महरूको प्रतिफल दिइनेछ, अल्लाह सर्वशक्तिमान् ले तिनीहरूलाई भन्नुहुनेछ: 'ती मानिसहरूकहाँ जाऊ जसका लागि तिमीहरूले संसारमा देखावटी कर्म गर्यौ, र हेर तिमीहरूले तिनीहरूबाट कुनै प्रतिफल पाउँछौ कि पाउँदैनौ?”
हसन अहमदले वर्णन गरेका छन्
मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"
सही मुस्लिम र अहमदले वर्णन गरेका छन्
"जसले कुनै समुदाय को नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।"
हसन अबू दाउद र अहमदले वर्णन गरेका छन्
"वास्तवमा, सबैभन्दा खराब व्यक्तिहरूमध्ये ती हुनेछन् जो कयामतको (प्रलय) बेला जीवित रहनेछन् र जसले चिहानहरूलाई मस्जिद (प्रार्थनास्थल) बनाउँछन् ।"
हसन अहमदले वर्णन गरेका छन्
"जसले अर्कालाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्ट दिन्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुनेछ ।"
हसन अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन। त्यसबेला, एक वर्ष महिनाजस्तो लाग्नेछ, एक महिना हप्ताजस्तो, एक हप्ता दिनजस्तो, एक दिन घण्टाजस्तो बितेको महसुस हुन्छ र एक घण्टा यति तीव्र गतिमा बित्नेछ, जसरी खजुरको पात एकैछिनमा जलेर भस्म हुन्छ।"
सही अहमदले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही मानिसहरू आए। उहाँले नौ जनाबाट बैअत (वचनबद्धता) लिनुभयो तर एक जनाबाट लिनुभएन। त्यसैले उनीहरूले सोधे: "हे अल्लाहका रसूल! हजुरले नौ जनाबाट वचनबद्धता लिनुभयो र एक जनाबाट लिनुभएन!" उहाँले जवाफ दिनुभयो: "उसले तावीज लगाएको छ।" त्यसपछि त्यो मानिसले आफ्नो हात भित्र हाल्यो र तावीजलाई चुँडाएर फ्याँकिदियो । अनि उहाँले उसबाट पनि बैअत लिनुभयो र भन्नुभयो: "जसले तावीज झुण्ड्याउँछ, उसले शिर्क गर्छ ।"
हसन अहमदले वर्णन गरेका छन्
एउटा यात्रामा म अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा थिएँ । हिँड्दा हिँड्दा एक दिन म उहाँको नजिक भएँ, अनि मैले भनेँ : हे अल्लाहका रसूल ! मलाई जन्नतमा प्रवेश गर्ने र जहन्नमदेखि टाढा राख्ने कर्म बताइ दिनु होस् । उहाँले भन्नुभयो : “तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । नमाज़ कायम गर । जकात देऊ, रमजानको महिनाका रोजा ( ब्रत) बस र अल्लाहको घरको हज गर।" फेरि उहाँले भन्नुभयो : "के म तिमीलाई भलाई (कल्याण) का ढोकाहरूको बारेमा न बताऊँ ? रोज़ा ढाल हो र दानले पापहरू निभाइ दिन्छ, जसरी पानीले आगोलाई निभाउछ र मान्छेको रातिमा पढेको नमाज ।" तत्पश्चात् उहाँले यो आयत पढ्नु भयो : "तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन्। तिनीहरू आफ्ना रबलाई भय एवं आशाका साथ पुकार्ने गर्छन् र हामीले प्रदान गरेका चिजहरूबाट खर्च गर्ने गर्छन् र, कसैलाई उनीहरूले गर्ने गरेको कर्मको प्रतिदानस्वरूप उनीहरूका लागि कस्तो नेत्र–शीतलता गोप्य राखिएको छ भन्ने कुरा थाहा छैन ।" फिरि उहाँले भन्नुभयो : " के म तिमीलाई दीन (इस्लाम) को आधार र उसको स्तम्भ र उसको शिर न बताइ दिऊँ ? मैंले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले भन्नुभयो : दीनको आधार इस्लाम हो, यसका स्तम्भ नमाज हो र यसको शिर जिहाद हो।" त्यसपछि उहाँले भन्नुभयो : "के म तिमीलाई यसको सार न बताऊँ ?" मैँले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले आफ्नो जिब्रो समातेर भन्नुभयो: "यसलाई थामेर राख" मैले भनेँ : हे अल्लाहका नबी ! के हामीले जो बोलेका हुन्छौँ, त्यसमा पनि हाम्रो पकड़ होला ? उहाँले भन्नुभयो : "मुआज! तिम्रो आमाले तिमीलाई हराओस् ! (वा तिम्रो आमालाई तिमीमाथि रुन परोस्) मान्छेहरूलाई उनीहरूको मुख घोप्ट्याएर वा उनीहरूको नाक घोप्ट्यार आगोमा फाल्ने उनीहरूको जिब्रोका कारणले नै त हो ।
सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्