Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

86 of 683 cards

Clear filters
"तिमीहरूमध्ये प्रत्येकले अल्लाहको बारेमा राम्रो सोच राख्दै मृत्युवरण गर्नुपर्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग (परस्त्रीमाथि) अकस्मात् पर्ने नजरका विषयमा सोधेँ। उहाँले मलाई आफ्नो दृष्टि तुरुन्तै अरू कतै फर्काइहाल्न आदेश दिनुभयो।"
सही मुस्लिमले वर्णन गरेका छन्
यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।
सही हाकिम र बैहकीले वर्णन गरेका छन्
"निश्चय नै यो संसार मधुर र रमणीय छ। अल्लाहले तिमीहरूलाई यस संसारमा उत्तराधिकारी बनाउनुभएको छ र उहाँले हेर्नुहुन्छ कि तिमीहरू के कसरी कर्म गर्छौ। तसर्थ, संसार (को मोह माया) बाट सचेत रहनु र महिलाहरूबाट पनि सचेत रहनु, किनकि बनु-इस्राइलको पहिलो विपत्ति (फित्ना,परीक्षा ) महिला प्रलोभन सँग सम्बन्धित थियो।"
सही मुस्लिमले वर्णन गरेका छन्
"मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।"
सही मुत्तफकुन अलैहि
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"
हसन सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"मैले दुई प्रकारका नरकवासी (अहिलेसम्म) देखेको छैनँ: पहिलो ती मानिसहरू जसको साथमा गाईको पुच्छर जस्तै कोर्रा हुनेछ र तिनीहरूले मानिसहरूलाई त्यसले पिट्नेछन्। दोस्रो ती महिलाहरू जो लुगा लगाएर पनि नाङ्गै हुनेछन्, अरूलाई आकर्षित गर्नेछन् र आफैँ पनि आकर्षित हुनेछन्, तिनीहरूको टाउको (केश सजावट) ऊँटको जुरो (कोहान) जस्तै अग्लो हुनेछ। तिनीहरू स्वर्गमा प्रवेश गर्नेछैनन् न त यसको सुगन्ध नै पाउनेछन्, जबकि स्वर्गको सुगन्ध अत्यधिक दूरीबाट नै अनुभव गर्न सकिन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"निश्चय नै, चिहान परलोक (आखिरत) का चरणहरूमध्ये प्रथम चरण हो। यदि कसैले यस चरणमा सफलता प्राप्त गर्‍यो भने, त्यसपछिका चरणहरू यसभन्दा सहज हुनेछन्। तर यदि उसले यसमा सफलता प्राप्त गरेन भने, त्यसपछिका चरणहरू यसभन्दा झन् कठोर हुनेछन्।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्