Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

86 of 683 cards

Clear filters
अल्लाहले भन्नुभएको छ: "मैले मेरा असल र सदाचारी भक्तहरूका लागि त्यस्ता सुख-सुविधाहरू तयार पारेको छु, जसलाई न त कुनै आँखाले देखेको छ, न कुनै कानले सुनेको छ, न त कुनै मानिसको हृदयमा त्यसको कल्पना नै आएको छ।" अबु हुरैराह (रदियल्लाहु अन्हु) ले भन्नुभयो: "यदि तिमीहरू चाहन्छौ भने (पुष्टिका लागि कुरआनको यो आयात) पढ: {र कुनै पनि व्यक्तिलाई थाहा छैन कि उनीहरूले गरेका कर्महरूको प्रतिफलस्वरूप उनीहरूका लागि आँखालाई शीतलता प्रदान गर्ने (कस्ता-कस्ता सुख-सुविधाहरू) गोप्य राखिएका छन्।}" [सूरह अस्-सज्दा: १७]।
सही मुत्तफकुन अलैहि
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, अचानक हामीले केही खसेको आवाज सुन्यौं । तब उहाँले भन्नुभयो: "तिमीहरूलाई थाहा छ यो के (को आवाज) हो?" हामीले भन्यौं: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो: "यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"संसारलाई त्याग र अल्लाहले तिमीलाई माया गर्नुहुनेछ र मानिसहरूसँग भएका कुराहरू त्याग, मानिसहरूले तिमीलाई माया गर्नेछन्।"
इमाम नववीले भनेका छन्ः हसन हदीस इब्ने माजा र अन्यले पनि हसन सनदहरूका साथ वर्णन गरेका छन्
"आफूभन्दा मुनिका (गरिब वा कम भाग्यमानी) मानिसहरूलाई हेर र आफूभन्दा माथिका (धनी) हरूलाई नहेर; किनभने यसले गर्दा तिमीहरूमाथि भएको अल्लाहको कृपा र आशिर्वादलाई तिमीहरूले कम आँक्ने छैनौ।"
सही मुत्तफकुन अलैहि
"जसले पहाडबाट हाम फालेर आत्महत्या गर्छ, ऊ नर्कको आगोमा हुनेछ र त्यसमा सधैँभरि निरन्तर तल खसिरहनेछ। अनि जसले विष खाएर आत्महत्या गर्छ, उसको विष उसको हातमा हुनेछ र नर्कको आगोमा सधैँभरिका लागि त्यसलाई पिइरहनेछ। अनि जसले फलामको हतियारले आत्महत्या गर्छ, उसको त्यो हतियार उसको हातमा हुनेछ र नर्कको आगोमा सधैँभरिका लागि त्यसले आफ्नो पेटमा प्रहार गरिरहनेछ।"
सही मुत्तफकुन अलैहि
«के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"
सही मुत्तफकुन अलैहि
"इस्लाम अपरिचित अवस्थामा सुरु भएको थियो र जसरी सुरु भएको थियो, त्यसैगरी पुनः अपरिचित अवस्थामा फर्किनेछ; अतः ती अपरिचितहरूका लागि शुभ-समाचार (स्वर्गको सुख) छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"दुनियाँमा यसरी रहनु जसरी एउटा अपरिचित मान्छे वा बटुवा रहन्छ ।" अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) भन्ने गर्नु हुन्थ्यो " साँझ भयो भने बिहानको पर्खाइमा नबस र यदि बिहान भयो भने साँझ पर्ने प्रतीक्षा नगर । आफ्नो स्वास्थयबाट बिमारीको र आफ्नो जिन्दगीबाट मृत्युका लागि तयारी गरेर राख ।"
सही बुखारीले वर्णन गरेका छन्