Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

3 of 683 cards

Clear filters
"जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम) लाई स्वर्ग तिर पठाउदै भन्नुभयो: स्वर्ग र स्वर्गवासीहरूका लागि मैले तयार पारेको कुराहरूलाई अवलोकन गरेर आऊ । उनी गएर हेरे अनि फर्केर भने : तपाईंको महिमा र प्रभुत्वको कसम! जसले स्वर्गको बारेमा सुन्नेछ, त्सयमा अवश्य नै प्रवेश गर्नेछ । त्यसपछि अल्लाहको आदेश अनुसार स्वर्गलाई अप्रिय चीजहरूले घेरियो, अनि वहाँले जिब्रीललाई भन्नुभयो: अब जाऊ, स्वर्ग र स्वर्गवासीहरूका लागि बनाइएका चीजहरूलाई हेर । जिब्राइलले हेरे र त्यसलाई कठिनाइहरूले घेरेको पाए। उनी फर्किए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ कोही पनि त्यसभित्र प्रवेश गर्न सक्षम हुने छैन। त्यसपछि, अल्लाहले भन्नुभयो: "मैले नर्कका मानिसहरूका लागि के तयार पारेको छु त्यसलाई अवलोकन गरेर आऊ" । उनले देखे, नर्कको आगोको (लप्को) एकअर्कासँग भिडिरहेका थियो (घनिष्ट र भयावह थियो) । उनी फर्केर आए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! यसमा कोही पस्ने छैन। त्यसपछि अल्लाहको आदेश अनुसार नर्कलाई इच्छा, आकांक्षा तथा वासनाले घेरियो । अल्लाहले जिब्रील (अलैहिस्सलाम) लाई अब गएर हेर्न भन्नुभयो, उनि गए र फर्केर भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ, यसबाट कोही पनि जोगिन सक्दैन र सबैजना यसमा प्रवेश गर्नेछन् ।"
हसन अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
"जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ । त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "र, उनीहरूले कुनै ठुला पाप गरेमा वा आफैंमाथि अन्याय गरेमा, उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"आदमको सन्तानले आफ्नो पेटभन्दा खराब कुनै भाँडो भर्दैन। मानिसलाई आफ्नो ढाड सोझो राख्न (अर्थात् जीवित रहन) केही गाँस खाना नै पर्याप्त हुन्छ। यदि उसले (पेट) भर्नै पर्ने भएमा, एक तिहाइ भाग खानाको लागि, एक तिहाइ पिउनेको लागि र एक तिहाइ भाग सासको लागि (छोड्नुपर्छ)।"
सही इमाम अहमद, तिर्मिजी, निसाई र इब्ने माजहले वर्णन गरेका छन्