Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

27 of 683 cards

Clear filters
"सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।"
सही पहिलो हदीसलाई इमाम मुस्लिमले वर्णन गरेका छन् र दोस्रो हदीसलाई इमाम अहमद र दारमीले वर्णन गरेका छन्
التصنيف الشرعيالأخلاق الحميدة، الأربعون النووية، أعمال القلوب
"के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने, सुन र चाँदी दान गर्नुभन्दा उत्तम, र शत्रुसँगको भेटमा तिमीले उनीहरूको र उनीहरूले तिम्रो घाँटीमा प्रहार गर्नुभन्दा पनि उत्कृष्ट कर्मको बारेमा नबताऊँ? सहाबाहरूले भने: 'अवश्य बताउनुहोस्।' उहाँले भन्नुभयो: 'अल्लाहको अत्यधिक जिक्र (स्मरण) गर्नु।'"
सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
التصنيف الشرعيفضل الذكر، فوائد ذكر الله عز وجلموضوعات الحديثالذِّكْر
"तिमीहरू साना र तुच्छ ठानिएका पापहरूबाट बच्नू; किनकि साना पापहरूको उदाहरण त्यस्ता मानिसहरूको समूह जस्तै हो, जसले कुनै उपत्यकाको फेदमा बास गरे। त्यसपछि एक जनाले एउटा सानो दाउरो ल्यायो, अर्कोले अर्को दाउरो ल्यायो, यसरी दाउरो जम्मा गर्दै अन्ततः उनीहरूले (आगो बालेर) आफ्नो रोटी पकाए। निश्चय नै, साना ठानिएका पापहरू एकत्रित हुँदै जान्छन्, र जब ती साना पापहरू गर्ने मानिसमाथि पकड हुन्छ, तब ती साना पापहरूले नै उसलाई नष्ट गरिदिन्छन्।"
सही अहमदले वर्णन गरेका छन्
التصنيف الشرعيذم المعاصي
"जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।" र जसले बिहान तीन पटक यो पढ्छ, साँझसम्म उसलाई अचानक कुनै विपत्ति आउने छैन।" वर्णनकर्ता भन्छन्, पछि अबान बिन उस्मानमाथि पक्षाघात (फालिज) को आक्रमण भयो, त्यसैले उनीबाट यो हदीस सुन्ने व्यक्तिले उनलाई हेर्न थाल्यो। त्यसैले अबानले उनलाई सोधे: के भयो, तिमी मलाई किन हेरिरहेका छौ? अल्लाहको कसम, मैले उस्मानलाई झूटो भनेर केही भनेको छैन, नत उस्मानले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झूटो भनेर केही भनेको छ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
التصنيف الشرعيأذكار الصباح والمساء
"जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र उसलाई रोक्दैनन् भने सम्भावना हुन्छ कि छिट्टै नै अल्लाहले उनीहरूमाथि यातना पठाउनु हुनेछ।"
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
التصنيف الشرعيالأخلاق الذميمة، ذم المعاصي، حكم الأمر بالمعروف والنهي عن المنكر، تفسير الآياتموضوعات الحديثالأمر بالمعروف والنهي عن المنكر، الظلم، القرآن وعلومه
"अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो, र यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहमाथि तवक्कुल (पूर्ण भरोसा) गर्नाले उहाँले यसलाई हटाइदिनुहुन्छ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
التصنيف الشرعيفضائل أعمال القلوب، أعمال القلوب، الشركموضوعات الحديثأهمية التوحيد، الشرك بالله وأقسامه، التوكل
"जुनसुकै मुसलमानले यस्तो दुआ (प्रार्थना) गर्दछ, जसमा कुनै पाप वा नातासम्बन्ध तोड्ने कुरा हुँदैन, अल्लाहले उसलाई तीनवटा कुराहरूमध्ये एउटा अवश्य प्रदान गर्नुहुन्छ: या त उसको प्रार्थना तुरुन्तै स्वीकार गरिन्छ, या त त्यसलाई उसको लागि आखिरत (परलोक) मा सञ्चित राखिन्छ, वा त्यसै बराबरको कुनै विपत्ति उसबाट टाढा हटाइन्छ।" साहाबाहरूले भने: "त्यसोभए त हामी धेरैभन्दा धेरै प्रार्थना गर्नेछौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहसँग त्योभन्दा पनि बढी दिने सामर्थ्य छ।"
सही अहमदले वर्णन गरेका छन्
التصنيف الشرعيآداب الدعاء
मैले भने: हे रसूल! मुक्ति के हो? उहाँले भन्नुभयो: "आफ्नो जिब्रोलाई नियन्त्रणमा राख, आफ्नो घरमा सुरक्षित रह र आफ्नो पापमा पश्चात्ताप गर्दै रोऊ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
التصنيف الشرعيآداب الكلام والصمت، التوبة