Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

27 of 683 cards

Clear filters
मैले भने: हे रसूल! मुक्ति के हो? उहाँले भन्नुभयो: "आफ्नो जिब्रोलाई नियन्त्रणमा राख, आफ्नो घरमा सुरक्षित रह र आफ्नो पापमा पश्चात्ताप गर्दै रोऊ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ । त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "र, उनीहरूले कुनै ठुला पाप गरेमा वा आफैंमाथि अन्याय गरेमा, उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"तिमीहरूले हावालाई गाली नगर। यदि तिमीहरूले हावाको कारणले कुनै कष्ट वा मन नपर्ने कुरा देख्यौ भने यो प्रार्थना गर: हे अल्लाह! हामी तपाईंसँग यो हावाको राम्रो पक्ष, यसमा लुकेको राम्रो कुरा र यसलाई दिइएको आदेशको शुभफल माग्दछौँ। र हामी यो हावाको नराम्रो पक्ष, यसमा भएको नराम्रो तत्व र यसमा भएको दुष्परिणामबाट बच्नका लागि तपाईंको शरण माग्दछौँ।"
सही तिर्मीजीले वर्णन गरेका छन्
"आदमको सन्तानले आफ्नो पेटभन्दा खराब कुनै भाँडो भर्दैन। मानिसलाई आफ्नो ढाड सोझो राख्न (अर्थात् जीवित रहन) केही गाँस खाना नै पर्याप्त हुन्छ। यदि उसले (पेट) भर्नै पर्ने भएमा, एक तिहाइ भाग खानाको लागि, एक तिहाइ पिउनेको लागि र एक तिहाइ भाग सासको लागि (छोड्नुपर्छ)।"
सही इमाम अहमद, तिर्मिजी, निसाई र इब्ने माजहले वर्णन गरेका छन्
"त्यो व्यक्ति अपमानित होस्, जसको सामुन्ने मेरो नाम लिइयो तर उसले ममाथि दरुद (कृपा र शान्तिको प्रार्थना) पठाएन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसको जीवनमा रमजानको महिना प्राप्त भयो तर रमजान सकिनुअघि क्षमा प्राप्त गर्न सकेन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसले आफ्ना आमाबुबालाई बुढ्यौलीको अवस्थामा पायो तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"जसले 'सुब्हानल्लाहिल अजीम व बिहम्दिहि' पढ्छ, उसको लागि स्वर्गमा खजुरको एउटा रुख रोपिन्छ।"
सही तिर्मीजीले वर्णन गरेका छन्
जब बिहान हुन्थ्यो उहाँ यो दुआ पढ्ने गर्नु हुन्थ्यो: हे अल्लाह ! तपाईँको रक्षामा हामीले बिहान गर्यौं र तपाईंकै रक्षामा हामीले साँझ गर्यौं । तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । र बेलुका भए पछि यो भन्नु हुन्थ्यो : हे अल्लाह ! तपाईँको रक्षामा हामीले साँझ गर्यौं र तपाईंकै रक्षामा हामीले बिहान गर्यौं । तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । कहिले काहीँ (وَإِلَيْكَ النُّشُورُ) को ठाउँमा «وَإِلَيْكَ الْمَصِيرُ»पनि भन्नु हुन्थ्यो ।"
हसन अबू दाऊद र तिर्मिजीले वर्णन गरेका छन् तथा निसाईले सुननुल् कुब्रामा र इब्ने माजहले पनि वर्णन गरेका छन्
"तिमीहरूमध्ये जो कोही शारीरिक रूपमा स्वस्थ छ, आफ्नो घर-परिवारमा सुरक्षित छ र उससँग त्यस दिनको भोजन उपलब्ध छ भने, मानौँ उसका लागि सम्पूर्ण संसार नै सुख-सुविधासहित एकत्रित गरिएको छ।"
हसन तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्