Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

43 of 683 cards

Clear filters
“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।"
सही मुत्तफकुन अलैहि
"जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।"
सही अबू दाऊदले वर्णन गरेका छन्
मैले भने: हे रसूल! मुक्ति के हो? उहाँले भन्नुभयो: "आफ्नो जिब्रोलाई नियन्त्रणमा राख, आफ्नो घरमा सुरक्षित रह र आफ्नो पापमा पश्चात्ताप गर्दै रोऊ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"मुमिन (आस्थावान) व्यक्ति आरोप लगाउने, अपमान गर्ने, गालीगलौज गर्ने, अश्लील बोल्ने र असभ्य व्यवहार गर्ने हुँदैन।"
सही तिर्मीजीले वर्णन गरेका छन्
"एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भए र सलाम अर्पण गर्दै भने: 'अस्सलामु अलैकुम।' नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको सलामको जवाफ दिनुभयो। त्यसपछि ती व्यक्ति त्यहीँ बसे। तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'दश (पुण्य)।' त्यसपछि अर्का व्यक्ति आए र उनले भने: 'अस्सलामु अलैकुम व रहमतुल्लाह।' नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको सलामको जवाफ दिनुभयो। तत्पश्चात् उनी बसे। तब उहाँले भन्नुभयो: 'बीस (पुण्य)।' त्यसपछि तेस्रो व्यक्ति आए र उनले भने: 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह।' नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको सलामको जवाफ फर्काउनुभयो। त्यसपछि उनी पनि त्यहीँ बसे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तीस (पुण्य)।'"
हसन अबू दाऊद, तिर्मिजी, अहमद र दारमीले वर्णन गरेका छन्
“जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस्। जसले इस्तिन्जा (ढुंगाद्वारा शुद्धता प्राप्त गर्नु) गर्छ, उसले विजोर सङ्ख्यामा ढुंगा प्रयोग गरोस्। तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझिन्छ भने, उसले भाँडोमा हात हाल्नु अघि आफ्नो हात तीन पटक धुनुपर्दछ, किनकि रातमा उसको हात कहाँ-कहाँ गएको थियो उसलाई थाहा हुँदैन।” ।" सहीह मुस्लिमका शब्दहरू यस प्रकार छन्: "जब तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले आफ्नो हात तीन पटक नधोएसम्म भाँडामा डुबाउनु हुँदैन, किनकि उसलाई थाहा छैन कि सुत्ने बेला उसको हात कहाँ-कहाँ परेको थियो। ।"
सही मुत्तफकुन अलैहि
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । यो देखेर उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ ।" वास्तवमा, अहंकारले उसलाई त्यसो गर्नबाट रोकियो । हदीस बयान गर्नेले भने: त्यसपछि, त्यस व्यक्तिले आफ्नो दाहिने हात कहिल्यै मुखसम्म पुर्याउन सकेन।
सही मुस्लिमले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।" तीनवटै सुरत पढेर सकेसम्म शरीरमा दुवै हत्केलाले (मसह ) हल्का तरिकाले मुसार्नु हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरुवात गर्नुहुन्थ्यो र यसरी तीन पटक गर्नु हुन्थ्यो ।
सही बुखारीले वर्णन गरेका छन्