Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

40 of 683 cards

Clear filters
"एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन् ।" जब उसले अल्लाह सर्वशक्तिमानलाई भेट्यो(अर्थात, जब उसको मृत्यु भयो), अल्लाहले उसलाई माफ गरिदिनु भयो ।
सही मुत्तफकुन अलैहि
"एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन। एक पुरुषले अर्को पुरुषसँग एउटै कपडाभित्र सुत्नु हुँदैन र एक महिलाले अर्को महिलासँग एउटै कपडाभित्र सुत्नु हुँदैन।"
सही मुस्लिमले वर्णन गरेका छन्
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।” यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"निश्‍चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ। त्यसैले जब तिमीले कसैलाई मार्छौ (मृत्युदण्ड आदिको लागि) तब त्यसलाई राम्रो तरिकाले मार र जब तिमी (पशु) वध गर्छौ, तब राम्रो तरिकाले वध गर र जनावरलाई वध गर्दा पहिला आफ्नो चक्कु धारिलो बनाउनुपर्छ र मारिने जनावरलाई राहत दिनुपर्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
" जसले मानिसहरूप्रति दया गर्दैन, अल्लाहले उप्रति दया गर्नुहुन्न ।"
सही मुत्तफकुन अलैहि
"कुनै पनि राम्रो कामलाई कहिले पनि तुच्छ नठान्नु, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु नै किन नहोस ।"
सही मुस्लिमले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले, एक व्यक्तिले आफ्नो भाइलाई ‘हया’ लाजको बारेमा उपदेश दिरहेको सुने, त्यसैले उहाँले भन्नुभयो: "हया (लाज) ईमानको एक भाग हो ।"
सही मुत्तफकुन अलैहि