Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

2 of 683 cards

Clear filters
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक तीखो दाँत भएको जङ्गली जनावर र पन्जा (नङ) ले शिकार गर्ने चराको मासु खान निषेध गर्नुभएको छ ।
सही मुस्लिमले वर्णन गरेका छन्
"निस्सन्देह अल्लाह र उहाँका रसूलले मदिरा, मृत जनावर, सुँगुर र मूर्तिहरू निषेध गर्नुभएको छ ।" सोधियो : हे अल्लाहका रसूल! मरेका जनावरको बोसोलाई मानिसहरूले डुङ्गामा लगाउँछन्, छालामा लगाउँछन् र मानिसहरूले दियो बाल्न प्रयोग गर्छन् । त्यसको बारेमा हजुर के भन्नुहुन्छ? उहाँले भन्नुभयो: "होइन, त्यो पनि हराम हो ।" त्यस समयमा उहाँले भन्नुभयो: "अल्लाहले यहूदीहरूलाई नष्ट गरून्, जब अल्लाहले उनीहरूका लागि बोसोलाई निषेध गर्नुभयो, तब तिनीहरूले यसलाई पगाले, त्यसपछि बेचे र त्यसको पैसा खाए ।"
सही मुत्तफकुन अलैहि