Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

81 of 683 cards

Clear filters
"जसले जुमा (शुक्रबार) को दिन 'जनाबत' (सम्भोग पछि गरिने स्नान) जस्तै स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिद जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ। जो दोस्रो प्रहरमा जान्छ, उसले एउटा गाई दान गरेसरह हुन्छ। जो तेस्रो प्रहरमा जान्छ, उसले एउटा (सिङ भएको) भेडा दान गरेसरह हुन्छ। जो चौथो प्रहरमा जान्छ, उसले एउटा कुखुरा दान गरेसरह हुन्छ। र जो पाँचौं प्रहरमा जान्छ, उसले एउटा अण्डा दान गरेसरह हुन्छ। तर जब इमाम (खुत्बाका लागि) उभिनुहुन्छ, तब फरिश्ताहरू (पुण्य लेख्ने कार्य छाडी) उपदेश सुन्न उपस्थित हुन्छन्।"
सही मुत्तफकुन अलैहि
उसमान् बिन अफ्फान (रजियल्लाहु अन्हु) मस्जिद (नबवी) को पुनर्निर्माण गर्न चाहन्थे, तर मानिसहरूलाई मन परेन । किनभने उनीहरू मस्जिदलाई पहिलेको अवस्थामा राख्न चाहन्थे । उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।"
सही मुत्तफकुन अलैहि
"तीन प्रकारका व्यक्तिहरूबाट (कर्महरूको लेखा-जोखा राख्ने) कलम उठाइएको छ: सुतेको व्यक्तिबाट, जबसम्म ऊ ब्युँझिँदैन, बालकबाट, जबसम्म ऊ बालिग (वयस्क) हुँदैन, र पागल व्यक्तिबाट, जबसम्म ऊ पूर्ण चेतनामा आउँदैन।"
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"यदि मानिसहरूलाई अज़ान दिनु र पहिलो पङ्क्तिमा उभिएर नमाज पढ्नुको पुण्य र महत्व थाहा हुन्थ्यो, र त्यसलाई चिट्ठा हालेर मात्र प्राप्त गर्न सकिन्थ्यो भने, उनीहरूले त्यसका लागि अवश्य चिट्ठा हाल्ने थिए। यदि उनीहरूलाई नमाजका लागि समयभन्दा अगाडि मस्जिदमा पुग्नुको पुण्य थाहा हुन्थ्यो भने, त्यसतर्फ एकअर्काभन्दा अघि बढ्न प्रतिस्पर्धा गर्ने थिए। अनि यदि उनीहरूलाई इशा र फज्रको नमाजमा उपस्थित हुनुको पुण्य थाहा हुन्थ्यो भने, उनीहरू घिस्रिँदै भए पनि ती दुवै नमाजका लागि अवश्य आउने थिए।"
सही मुत्तफकुन अलैहि
"मलाई सातवटा अंगहरूमा सजदा गर्न आदेश दिइएको छ: निधार, नाक (उहाँले आफ्नो हातले नाकतिर सङ्केत गर्नुभयो), दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका औंलाहरूमा। (त्यसैगरी सज्दा गर्दैमा) कपडा र कपाललाई बाँध्नु वा समेट्नु बाट मनाही गरिएको छ ।"
सही मुत्तफकुन अलैहि
केही मानिसहरू सहल बिन साद साइदी कहाँ आए । मिन्बरको काठ कुन रुखको हो भनेर उनीहरुबीच बहस चलिरहेको थियो । तिनीहरूले सहललाई यसको बारेमा सोधे, उनले भने: म अल्लाहको कसम खाएर भन्दछु, यो काठ कुन रूखको हो मलाई राम्रोसँग थाहा छ । यसलाई पहिलो पटक राखेको दिन र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिलो पटक यसमा बस्नुभएको दिन पनि मैले देखेको छु । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (जसको नाम सहल (रजि.) ले पनि लिएका थिए) लाई सन्देश पठाउनुभयो : "तिम्रो सिकर्मी कामदारलाई मेरो लागि एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ।" उनले आफ्नो नोकरलाई जंगलको रूखबाट मिम्बर तयार गर्न आदेश दिइन् । अनि उनले त्यो मिम्बर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् अनि उहाँले त्यो मिम्बरलाई यो ठाउँमा राख्न आदेश दिनुभयो । त्यसपछि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्दै गरेको देखें । उहाँले त्यसमाथि उभिएर तकबीर भन्नुभयो त्यसपछि रुकुअ गर्नुभयो र त्यसपछि उहाँ पछाडि हट्नुभयो र मिम्बरबाट ओर्लनुभयो र मिम्बर नजिकै सज्दा गर्नुभयो र त्यसपछि मिन्बरमा उभिनुभयो । नमाज समाप्त भएपछि मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो: " हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हुँ, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।"
सही मुत्तफकुन अलैहि
"प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ। त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: 'यो उसको लागि हो जसले पढ्न चाहन्छ ।'"
सही मुत्तफकुन अलैहि
"जमाअत (सामूहिक रूपमा) पढिने नमाज तिमीहरूमध्ये कुनै एक जनाले एक्लै पढ्ने नमाजभन्दा पच्चीस गुणा बढी श्रेष्ठ हुन्छ। र फज्रको नमाजमा रातका फरिश्ताहरू तथा दिनका फरिश्ताहरू एकत्रित हुन्छन्। त्यसपछि अबु हुरैरा (रदियल्लाहु अन्हु) ले भन्नुहुन्थ्यो: यदि तिमीहरू (यसको पुष्टि गर्न) चाहन्छौ भने कुरआनको यो आयत पढ: {निश्चय नै फज्रको कुरआन वाचनमा फरिश्ताहरू उपस्थित हुने गर्दछन्} [अल-इस्रा: ७८]।"
सही मुत्तफकुन अलैहि