Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

60 of 683 cards

Clear filters
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्नुभयो। ठ्याक्कै त्यही बेला एक व्यक्ति पनि भित्र प्रवेश गरे र उनले नमाज पढे। नमाजपछि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सलाम गरे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सलामको जवाफ फर्काउनुभयो र भन्नुभयो, “फर्क र फेरि नमाज पढ, किनकि तिमीले नमाज पढेका छैनौ।” त्यो व्यक्ति फर्किएर पहिले जस्तै नमाज पढे र फेरि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामुन्ने आएर सलाम गरे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दोहोर्‍याउँदै भन्नुभयो, “फर्क र फेरि नमाज पढ, किनकि तिमीले नमाज पढेका छैनौ।” यो क्रम तीन पटकसम्म दोहोरियो। अन्तमा त्यो व्यक्तिले भन्यो, “जसले तपाईंलाई सत्यसहित पठाउनुभएको छ, उहाँको कसम! मलाई योभन्दा राम्रोसँग नमाज पढ्न आउँदैन, त्यसैले मलाई सिकाइदिनुहोस्।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, “जब तिमी नमाजका लागि उभिन्छौ, तब ‘अल्लाहु अकबर’ भनेर तक्बीर भन। त्यसपछि कुरानबाट जति सजिलो लाग्छ त्यति पढ। त्यसपछि रुकूमा जानु र रुकूमा पूर्ण रूपमा स्थिर नभएसम्म रहनु। त्यसपछि रुकूबाट उठेर पूर्ण रूपमा सीधा भएर स्थिर नभएसम्म उभिरहनु। त्यसपछि सज्दा गर्नु र सज्दामा पूर्ण रूपमा स्थिर नभएसम्म रहनु। त्यसपछि उठ र पूर्ण रूपमा स्थिर भएर बस। आफ्नो पूरै नमाजमा यही तरिकाले गर्नू।"
सही मुत्तफकुन अलैहि
"तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।"
सही मुत्तफकुन अलैहि
"जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो, त्यसपछि ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० को संख्या पुरा गर्छ, उसका सम्पूर्ण पापहरू क्षमा गरिन्छन्, चाहे ती समुद्रको फिँज बराबर नै किन नहुन् ।”
सही मुस्लिमले वर्णन गरेका छन्
रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम) ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु भयो।
सही मुस्लिमले वर्णन गरेका छन्
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु । जुहरअघि दुई रकात, जुहरपछि दुई रकात, मगरिबपछि दुई रकात घरमा, इशापछि दुई रकात घरमा र बिहान (फजर) को नमाज अघि दुई रकात र यस समय कोही पनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भएको ठाउँमा प्रवेश गर्दैन्थ्यो । हफ्सा (रजियल्लाहु अन्हा) ले मलाई भनिन्, जब मुअज्जिनले फजरको अजान दिन्थ्यो तब उहाँ दुई रकात नमाज पढ्नुहुन्थ्यो । अर्को हदीसमा छ: उहाँ जुमा नमाजपछि दुई रकात नमाज पढ्नुहुन्थ्यो ।
सही सम्पूर्ण रिवायतहरूद्वारा मुत्तफकुन अलैहि
"जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
सही मुस्लिमले वर्णन गरेका छन्
"यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो : {र मेरो सम्झनाका लागि नमाज स्थापना गर} [ताहा: १४] ।"
सही मुत्तफकुन अलैहि
"जसले जुमा (शुक्रबार) को दिन 'जनाबत' (सम्भोग पछि गरिने स्नान) जस्तै स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिद जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ। जो दोस्रो प्रहरमा जान्छ, उसले एउटा गाई दान गरेसरह हुन्छ। जो तेस्रो प्रहरमा जान्छ, उसले एउटा (सिङ भएको) भेडा दान गरेसरह हुन्छ। जो चौथो प्रहरमा जान्छ, उसले एउटा कुखुरा दान गरेसरह हुन्छ। र जो पाँचौं प्रहरमा जान्छ, उसले एउटा अण्डा दान गरेसरह हुन्छ। तर जब इमाम (खुत्बाका लागि) उभिनुहुन्छ, तब फरिश्ताहरू (पुण्य लेख्ने कार्य छाडी) उपदेश सुन्न उपस्थित हुन्छन्।"
सही मुत्तफकुन अलैहि