Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

20 of 683 cards

Clear filters
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको जस्तो पहिरन लगाउने पुरुष र पुरुषको जस्तो पहिरन लगाउने महिलालाई धिक्कार (लअ्नत) गर्नुभएको छ।"
सही निसाईले कुब्रामा, इब्ने माजहले यसै अर्थमा र अहमदले वर्णन गरेका छन्
“तिमीहरू सबै जिम्मेवार छौँ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ । शासक, जसले मानिसहरूको नेतृत्व गर्छ, ऊ जिम्मेवार छ र उसलाई उसको प्रजाबारे सोधिनेछ । पुरुष आफ्नो घरपरिवारको जिम्मेवार छ र उससँग उसको मातहतको बारेमा सोधिनेछ । महिला आफ्नो पतिको घर र सन्तानको जिम्मेवार छिन् र उसलाई तिनीहरूको बारेमा सोधिनेछ । सेवक आफ्नो मालिकको सम्पत्तिको जिम्मेवार छ र उसलाई त्यसको बारेमा सोधिनेछ ।सचेत रहनुहोस्! तिमीहरु सबै जिम्मेवार छौँ र प्रत्येकले आफ्ना अधीनस्थहरूको बारेमा जवाफ दिनुपर्नेछ।"
सही मुत्तफकुन अलैहि
"वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"स्तनपानले ती नाताहरूलाई हराम (निषेध) बनाउँछ, जुन जन्मद्वारा (रगतको सम्बन्धले) हराम हुन्छन्।"
सही मुत्तफकुन अलैहि
"तल्लो भागमा लगाइने लुगा (पैन्ट, लुङ्गी आदि) को कपडाको जुन भाग गोलीगाँठोभन्दा तल हुन्छ, त्यो नरकमा हुनेछ।"
सही बुखारीले वर्णन गरेका छन्
"यदि कुनै महिलाले आफ्ना अभिभावकहरूको अनुमति बिना विवाह गर्छिन् भने, उनको विवाह अमान्य हुन्छ।" उहाँले यो तीन पटक भन्नुभयो। (त्यसपछि उहाँले भन्नुभयो:) "यदि कुनै पुरुषले त्यस्तो महिलासँग यौनसम्पर्क गर्छ भने, उसको लागि महर (श्रीमानले श्रीमतीलाई दिने हक) छ। यदि अभिभावकहरू असहमत हुन्छन् भने, जसको अभिभावक छैन त्यसका लागि शासक अभिभावक हुन्छ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो दाहिने हातमा रेशम र बायाँ हातमा सुन लिनुभयो। तत्पश्चात् ती दुवैलाई माथि उठाउँदै भन्नुभयो: 'यी दुई वस्तुहरू मेरो उम्मतका पुरुषहरूका निम्ति हराम (वर्जित) छन्, जबकि महिलाहरूका निम्ति हलाल (वैध) छन्।' "
सही अबू दाऊद, निसाई र इब्ने माजहले वर्णन गरेका छन्
"निश्चय नै यो संसार मधुर र रमणीय छ। अल्लाहले तिमीहरूलाई यस संसारमा उत्तराधिकारी बनाउनुभएको छ र उहाँले हेर्नुहुन्छ कि तिमीहरू के कसरी कर्म गर्छौ। तसर्थ, संसार (को मोह माया) बाट सचेत रहनु र महिलाहरूबाट पनि सचेत रहनु, किनकि बनु-इस्राइलको पहिलो विपत्ति (फित्ना,परीक्षा ) महिला प्रलोभन सँग सम्बन्धित थियो।"
सही मुस्लिमले वर्णन गरेका छन्