Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
उहाँ हज्रे अस्वदको नजिक आउनुभयो र त्यसलाई चुम्बन गर्नुभयो अनि भन्नुभयो: "मलाई थाहा छ, तिमी एउटा ढुङ्गा हौ, जसले न हानि गर्न सक्छ, न फाइदा नै। यदि मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई तिमीलाई चुम्बन गर्नुभएको नदेखेको भए, मैले तिमीलाई चुम्बन गर्ने थिइनँ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुनेछ ।"
सही मुत्तफकुन अलैहि
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले साबित् बिन कैसलाई अनुपस्थित देखेर उनको बारेमा सोध्नुभयो, तब एक व्यक्तिले भने: हे अल्लाहका रसूल! म हजुरलाई उनको बारेमा जानकारी दिनेछु । त्यसैले उनी साबित् बिन कैसकहाँ गए र उनी आफ्नो घरमा शिर झुकाएर बसिरहेको देखे । आरामै हुनुहुन्छ भनेर सोध्दा उनले आफू बर्बाद भएको जवाफ दिए । किनभने उनको आवाज रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आवाज भन्दा चर्को थियो, त्यसैले उनका सबै राम्रो कर्महरू नष्ट भए र नर्कमा हुनेछु भनेर दुख पोखे । त्यो सहाबीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई उनले त यस्ता कुरा गरेको बताए । त्यसपछि उनी अर्को पटक शुभ समाचार लिएर उनीकहाँ गए । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " उनीकहाँ जाऊ र भन: तपाईं नरकका मानिसहरूमध्ये हुनुहुन्न, तर स्वर्गका मानिसहरूमध्ये हुनुहुन्छ ।"
सही मुत्तफकुन अलैहि
"तिमीहरूमध्ये सबैभन्दा उत्कृष्ट मेरो पुस्ता हो। त्यसपछि उनीहरू पछिका पुस्ता, अनि त्यसपछि उनीहरू पछिका पुस्ता हुन्।" इमरान (रजिअल्लाहु अन्हु) ले भन्नुहुन्छ: "मलाई थाहा छैन, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसपछि दुई पुस्ताको उल्लेख गर्नुभयो कि तीन पुस्ताको।" तत्पश्चात् नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "निश्चय नै तिमीहरूपछि यस्ता मानिसहरू आउनेछन्, जसले विश्वासघात गर्नेछन् र उनीहरूलाई विश्वासयोग्य ठानिनेछैन। उनीहरूलाई साक्षी दिन नबोलाइए पनि आफैँ साक्षी दिन अघि सर्नेछन्। उनीहरू भाकल गर्नेछन् तर त्यसलाई पूरा गर्नेछैनन् र उनीहरूमा मोटोपन व्यापक रूपमा देखा पर्नेछ।"
सही मुत्तफकुन अलैहि