عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Grading
Narrated in
Narrator
Show all narrators (13)
"मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीहरूले यस( भेडा)लाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । तब उद्घोषकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीले यसलाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मृत्यु आउदैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् { र ईमान स्वीकार्ने छैनन् } । [सूरह मर्यम : ३९]
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।" तीनवटै सुरत पढेर सकेसम्म शरीरमा दुवै हत्केलाले (मसह ) हल्का तरिकाले मुसार्नु हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरुवात गर्नुहुन्थ्यो र यसरी तीन पटक गर्नु हुन्थ्यो ।
सही बुखारीले वर्णन गरेका छन्
"म अबू तल्हाको घरमा मानिसहरूलाई मदिरा पिलाउँदै थिएँ र त्यस दिन उनीहरूको मदिरा 'फदिख' (खजूरबाट बनेको रक्सी) थियो। अचानक अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशमा एक जनाले कराउँदै घोषणा गरे, 'होसियार, अबदेखि मदिरालाई निषेधित गरिएको छ!' यो सुनेर अबू तल्हाले मलाई भन्नुभयो, 'बाहिर गएर यो सबै मदिरा फ्याँकिदेऊ।' मैले बाहिर गएर सबै मदिरा बगाइदिएँ र त्यो मदिनाका गल्ली-गल्लीमा बग्न थाल्यो। यो देखेर केही मानिसहरूले भन्न थाले, 'कतिपय व्यक्ति त यस्तो अवस्थामा मारिए (सहिद भए) कि यो (मदिरा) उनीहरूको पेटमै थियो (के उनीहरूको सजाय होला?)।' तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: {जुन मानिसहरूले इमान ल्याए र असल कार्यहरू गरे, उनीहरूले पहिले जे–जति खाइसकेका छन्, त्यसमा उनीहरूलाई कुनै पाप हुने छैन...} [सूरह अल-माइदा: ९३]।"
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक समय र परिस्थितिमा अल्लाहलाई याद(स्मरण) गर्नुहुन्थ्यो ।
सही मुस्लिमले वर्णन गरेका छन्
जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो । त्यहाँ अबु जहल र अब्दुल्लाह बिन अबु उमैया बिन मुगिरा पहिलादेखि उपस्थित थिए । उहाँले अबु तालिब सगँ भन्नुभयो: ”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।" यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: के तपाईं अब्दुल मुत्तलिबको धर्मलाई छोड्नु हुन्छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बारम्बार कल्मा (ला इलाहा इल्लाल्लाह) पढ्न अनुरोध गरिरहनु भयो र यी दुवैले उनलाई रोक्न खोजिरहे । अन्ततः अबु तालिबले म अब्दुल मुतालिबको धर्ममा अडिग रहनेछु भनेर घोषणा गरे र ‘ला इलाह इल्लल्लाह’ लाई भन्न अस्वीकार गर्नुभयो। हदीस वाचकले भन्छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले (काकाको जवाफ सुनेर) भन्नुभयो: "अल्लाहको कसम मलाई मनाही नगरिएसम्म म तपाईंको लागि क्षमा माग्नेछु।” तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: “नबी र आस्थावानहरूले बहुदेववादीहरूका लागि क्षमा माग्नु उपयुक्त छैन,चाहे तिनीहरू आफ्ना नजिकका आफन्त नै किन नहुन् ।” [अत-तौबा: ११३], र अल्लाहले अबु तालिबको बारेमा यो आयत अवतरण गर्नुभयो: “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।” [अल कसस: ५६]
सही मुत्तफकुन अलैहि
हुदैबियाबाट फर्किने क्रममा जब यी आयतहरू अवतरण भए: {निस्सन्देह, हामीले तपाईंलाई एउटा स्पष्ट विजय प्रदान गरेका छौँ, ताकि अल्लाहले तपाईंलाई क्षमा गरिदिऊन्...} देखि {...यो नै महान् सफलता हो} [अल-फतह: १–५] सम्म; त्यसबेला सहाबाहरू पीडा र निराशामा थिए, र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हुदैबियामै कुर्बानीको पशु (हदी) वध गरिसक्नुभएको थियो। तब उहाँले भन्नुभयो: "आज ममाथि यस्तो आयत अवतरण भएको छ, जुन मलाई सम्पूर्ण संसारभन्दा बढी प्रीय छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो: " हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ । मानिसहरू दुई प्रकारका मात्र छन्: एक निष्ठावान, जुन अल्लाहको नजरमा एकदमै प्रिय छ र अर्को दुष्ट, जुन अल्लाहको नजरमा अभागी र नीच छ । सबै मानिसहरू आदमका सन्तान हुन् र आदमलाई अल्लाहले माटोबाट सृष्टि गर्नुभएको हो । अल्लाहले भन्नुभएको छ: "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
सही तिर्मीजी र इब्ने हिब्बानले वर्णन गरेका छन्