Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

14 of 683 cards

Clear filters
"म अबू तल्हाको घरमा मानिसहरूलाई मदिरा पिलाउँदै थिएँ र त्यस दिन उनीहरूको मदिरा 'फदिख' (खजूरबाट बनेको रक्सी) थियो। अचानक अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशमा एक जनाले कराउँदै घोषणा गरे, 'होसियार, अबदेखि मदिरालाई निषेधित गरिएको छ!' यो सुनेर अबू तल्हाले मलाई भन्नुभयो, 'बाहिर गएर यो सबै मदिरा फ्याँकिदेऊ।' मैले बाहिर गएर सबै मदिरा बगाइदिएँ र त्यो मदिनाका गल्ली-गल्लीमा बग्न थाल्यो। यो देखेर केही मानिसहरूले भन्न थाले, 'कतिपय व्यक्ति त यस्तो अवस्थामा मारिए (सहिद भए) कि यो (मदिरा) उनीहरूको पेटमै थियो (के उनीहरूको सजाय होला?)।' तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: {जुन मानिसहरूले इमान ल्याए र असल कार्यहरू गरे, उनीहरूले पहिले जे–जति खाइसकेका छन्, त्यसमा उनीहरूलाई कुनै पाप हुने छैन...} [सूरह अल-माइदा: ९३]।"
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक समय र परिस्थितिमा अल्लाहलाई याद(स्मरण) गर्नुहुन्थ्यो ।
सही मुस्लिमले वर्णन गरेका छन्
जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो । त्यहाँ अबु जहल र अब्दुल्लाह बिन अबु उमैया बिन मुगिरा पहिलादेखि उपस्थित थिए । उहाँले अबु तालिब सगँ भन्नुभयो: ”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।" यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: के तपाईं अब्दुल मुत्तलिबको धर्मलाई छोड्नु हुन्छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बारम्बार कल्मा (ला इलाहा इल्लाल्लाह) पढ्न अनुरोध गरिरहनु भयो र यी दुवैले उनलाई रोक्न खोजिरहे । अन्ततः अबु तालिबले म अब्दुल मुतालिबको धर्ममा अडिग रहनेछु भनेर घोषणा गरे र ‘ला इलाह इल्लल्लाह’ लाई भन्न अस्वीकार गर्नुभयो। हदीस वाचकले भन्छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले (काकाको जवाफ सुनेर) भन्नुभयो: "अल्लाहको कसम मलाई मनाही नगरिएसम्म म तपाईंको लागि क्षमा माग्नेछु।” तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: “नबी र आस्थावानहरूले बहुदेववादीहरूका लागि क्षमा माग्नु उपयुक्त छैन,चाहे तिनीहरू आफ्ना नजिकका आफन्त नै किन नहुन् ।” [अत-तौबा: ११३], र अल्लाहले अबु तालिबको बारेमा यो आयत अवतरण गर्नुभयो: “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।” [अल कसस: ५६]
सही मुत्तफकुन अलैहि
हुदैबियाबाट फर्किने क्रममा जब यी आयतहरू अवतरण भए: {निस्सन्देह, हामीले तपाईंलाई एउटा स्पष्ट विजय प्रदान गरेका छौँ, ताकि अल्लाहले तपाईंलाई क्षमा गरिदिऊन्...} देखि {...यो नै महान् सफलता हो} [अल-फतह: १–५] सम्म; त्यसबेला सहाबाहरू पीडा र निराशामा थिए, र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हुदैबियामै कुर्बानीको पशु (हदी) वध गरिसक्नुभएको थियो। तब उहाँले भन्नुभयो: "आज ममाथि यस्तो आयत अवतरण भएको छ, जुन मलाई सम्पूर्ण संसारभन्दा बढी प्रीय छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।"
सही मुत्तफकुन अलैहि
"ममाथि यस्ता आयतहरू अवतरित भएका छन्—वा अवतरित गरिएका छन्—जसको जस्तो कहिल्यै देखिएको छैन, ती हुन् अल-मुअव्विजतैन।"
सही मुस्लिमले वर्णन गरेका छन्