Skip to content

"निश्‍चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।"

साअ्द बिन अबी वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"निश्‍चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।"

«إِنَّ اللهَ يُحِبُّ الْعَبْدَ التَّقِيَّ الْغَنِيَّ الْخَفِيَّ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

अल्लाहले आफ्ना केही सेवकहरूलाई माया गर्नुहुन्छ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भएको छ । जसमध्ये एउटा मुत्तकी (धर्मपरायण) हो, अर्थात् अल्लाहको आदेशको पालना गर्ने र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहने व्यक्ति । दोस्रो गनी (आत्मसन्तुष्ट) व्यक्ति हो, जसले अल्लाह बाहेक अरु कसैसित केही माग्दैन र आफ्नो आवश्यकता हरू अन्य मानिससँग व्यक्त गर्दैन । तेस्रो - उहाँले खफी (गोप्य र साधारण) व्यक्तिलाई माया गर्नुहुन्छ : जसले आफ्नो पालनकर्ताको उपासना गर्दछ, राम्रो काममा व्यस्त रहन्छ र कसैले उसलाई चिनोस् वा प्रशंसा गरोस् भनेर ध्यान दिँदैन ।

शब्दको अर्थ

....:

हदीसका केही फाइदाहरू

अल्लाहको प्रेम प्राप्त गर्ने केही विशेषताहरूको बयान, जस्तै अल्लाहको डर, नम्रता र अल्लाहले प्रदान गर्नुभएको कुरामा खुसी र सन्तुष्ट हुनु हो ।

श्रोतहरू

सही मुस्लिम (4/ 2277) (2965).

थप (9)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 651).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين.

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 509).

شرح رياض الصالحين.

لابن عثيمين (3/ 509).

شرح النووي على مسلم (18/ 100).