“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।” यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
«أَتَدْرُونَ مَا الْمُفْلِسُ؟» قَالُوا: الْمُفْلِسُ فِينَا مَنْ لَا دِرْهَمَ لَهُ وَلَا مَتَاعَ، فَقَالَ: «إِنَّ الْمُفْلِسَ مِنْ أُمَّتِي يَأْتِي يَوْمَ الْقِيَامَةِ بِصَلَاةٍ وَصِيَامٍ وَزَكَاةٍ، وَيَأْتِي قَدْ شَتَمَ هَذَا، وَقَذَفَ هَذَا، وَأَكَلَ مَالَ هَذَا، وَسَفَكَ دَمَ هَذَا، وَضَرَبَ هَذَا، فَيُعْطَى هَذَا مِنْ حَسَنَاتِهِ، وَهَذَا مِنْ حَسَنَاتِهِ، فَإِنْ فَنِيَتْ حَسَنَاتُهُ قَبْلَ أَنْ يُقْضَى مَا عَلَيْهِ أُخِذَ مِنْ خَطَايَاهُمْ فَطُرِحَتْ عَلَيْهِ، ثُمَّ طُرِحَ فِي النَّارِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबाहरू (साथीहरू) सँग सोध्नुभयोः के तिमीहरूलाई थाहा छ—गरिब (मुफ्लिस) को हो? उनीहरूले भनेः हामीमध्ये गरिब त्यो हो, जससँग धन वा सम्पत्ति हुँदैन। यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः मेरो उम्मतको वास्तविक गरिब त्यो व्यक्ति हो, जो कियामतको दिन नमाज, रोजा र जकातजस्ता पुण्य कर्महरू लिएर आउनेछ; तर उसले कसैलाई गाली गरेको हुन्छ, कसैमाथि झुटो आरोप लगाएको हुन्छ, कसैको सम्पत्ति हडपेको हुन्छ, कसैको हत्या गरेको हुन्छ आदि। त्यसैले उत्पीडित व्यक्तिहरूलाई उसका पुण्य कर्महरूबाट तिनको हक दिइनेछ। यदि सबैको हक अदा गर्नु अघि नै उसका पुण्य कर्महरू समाप्त भए भने, उत्पीडित व्यक्तिहरूका पापहरू उसकै कर्म–अभिलेखमा हालिनेछन्, र अन्ततः कुनै पुण्य बाँकी नरहेपछि उसलाई नरकमा फालि दिनेछ।
यस हदीसमा हराम (वर्जित) कार्यहरू, विशेषगरी मानिसहरूको भौतिक र नैतिक (मान-प्रतिष्ठासम्बन्धी) अधिकारहरूसँग सम्बन्धित विषयहरूमा गलत तरिकाले संलग्न हुनबाट सचेत गराइएको छ।
सृष्टिहरूबीचका पारस्परिक अधिकारहरू 'मुशाह्हा' (अर्थात् कडाइ र हकको पूर्ण दाबी) मा आधारित हुन्छन्; जसको अर्थ मानिसले अरूको अधिकार पूर्ण रूपमा अदा गर्नुपर्दछ र आफ्नो अधिकार पनि पूर्ण रूपमा प्राप्त गर्न खोज्दछ। यसको ठीक विपरीत, सृष्टिकर्ता (अल्लाह) का अधिकारहरू—शिर्क (अल्लाहसँग अरूलाई साझेदार बनाउने कार्य) बाहेक—'मुसामहा' (अर्थात् उदारता, सहिष्णुता र क्षमा) मा आधारित हुन्छन्; किनकि अल्लाह आफ्ना भक्तहरूप्रति परम दयालु र अत्यन्त क्षमाशील हुनुहुन्छ।
यसबाट श्रोतालाई उत्साहित पार्न, उनीहरूको ध्यानाकर्षण गर्न र विशेषगरी शिक्षा तथा मार्गदर्शनमा चासो जगाउने संवाद शैलीको प्रयोगलाई स्पष्ट पारिएको छ।
यसमा वास्तविक गरिब (मुफ्लिस) को अर्थ स्पष्ट गरिएको छ। वास्तविक गरिब त्यो व्यक्ति हो, जसका पुण्य कर्महरू कयामतको दिन उसका हकदारहरूले लैजानेछन्।
आखिरतमा हुने 'किसास' (न्याय-निसाफ) को प्रक्रियामा सबै सत्कर्महरू समेटिन सक्छन्, जसले गर्दा पुण्यका कार्यहरू रित्तिएर केही पनि बाँकी नरहने अवस्था आउन सक्छ।
अल्लाहले सृष्टिका कर्महरूको हिसाबकिताब न्याय र सत्यका आधारमा गर्नुहुन्छ।
सही मुस्लिम (4/ 1997) (2581).
थप (6)
بهجة الناظرين شرح رياض الصالحين.
لسليم الهلالي (1/ 312).
نزهة المتقين شرح رياض الصالحين.
مجموعة من الباحثين (1/ 241).
شرح رياض الصالحين.
لابن عثيمين (2/ 527).
Cited in books
6 Booksथप (6)
- الله -جل جلاله- أنيس المحبين وملاذ القاصدين«إِنَّ المُفْلِسَ مِنْ أُمَّتِي يَأْتِي يَوْمَ القِيَامَةِ بِصَلاةٍ وَصِيَامٍ وَزَكَاةٍ، وَيَأْتِي قَدْ شَتَمَ هَذَا، وَقَذَفَ هَذَا، وَأَكَلَ مَالَ هَذَا، وَسَفَكَ دَمَ هَذَا، وَضَرَبَ هَذَا؛ فَيُعْطَى هَذَا مِنْ حَسَنَاتِهِ، وَهَذَا مِنْ
- رياض الصالحينرياض الصالحين مع فوائد وهدايات - 2«إِنَّ الْمُفْلِسَ مِنْ أُمَّتِي مَنْ يَأْتِي يَوْمَ الْقِيَامَةِ بِصَلاةٍ وَصِيَامٍ وَزَكَاةٍ، وَيَأْتِي قَدْ شَتَمَ هذَا، وَقَذَفَ هذَا، وَأَكَلَ مَالَ هذَا، وسَفَكَ دَمَ هذَا، وَضَرَبَ هذا، فَيُعْطَىٰ هذَا مِنْ حَسَنَاتِهِ، وَهذَا مِنْ ح
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الثانية«أَتَدْرُونَ مَنِ المُفْلِس؟ "قَالُوا: المُفْلِسُ فِينَا مَنْ لَا دِرْهَمَ لَهُ وَلَا مَتَاعَ، فَقَالَ: إِنَّ المُفْلِسَ مِنْ أُمَّتِي يَأْتِي يَوْمَ القِيَامَةِ بِصَلَاةٍ، وَصِيَامٍ، وَزَكَاةٍ، وَيَأْتِي قَدْ شَتَمَ هَذَا، وَقَذَفَ هَذَا،
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الثانية«أَتَدْرُونَ مَا المُفْلِسُ؟» قَالُوا: المُفْلِسُ فِينَا مَنْ لَا دِرْهَمَ لَهُ وَلَا مَتَاعَ، فَقَالَ: «إِنَّ المُفْلِسَ مِنْ أُمَّتِي يَأْتِي يَوْمَ القِيَامَةِ بِصَلَاةٍ، وَصِيَامٍ، وَزَكَاةٍ، وَيَأْتِي قَدْ شَتَمَ هَذَا، وَقَذَفَ هَذَا،
- قاموس الكبائرموسوعة الكبائر - المجموعة الرابعة«أَتَدْرُونَ مَا المُفْلِسُ؟». قَالُوا: الْمُفْلِسُ فِينَا مَنْ لَا دِرْهَمَ لَهُ وَلَا مَتَاعَ. فَقَالَ: «إِنَّ الْمُفْلِسَ مِنْ أُمَّتِي يَأْتِي يَوْمَ الْقِيَامَةِ بِصَلَاةٍ، وَصِيَامٍ، وَزَكَاةٍ، وَيَأْتِي قَدْ شَتَمَ هَذَا، وَقَذَفَ هَ
- نبراس طالب (4)1«أَتَدْرُونَ مَا الْمُفْلِسُ؟» قَالُوا: الْمُفْلِسُ فِينَا مَنْ لَا دِرْهَمَ لَهُ وَلَا مَتَاعَ. فَقَالَ ﷺ : «إِنَّ الْمُفْلِسَ مِنْ أُمَّتِي يَأْتِي يَوْمَ الْقِيَامَةِ بِصَلَاةٍ وَصِيَامٍ وَزَكَاةٍ، وَيَأْتِي قَدْ شَتَمَ هَذَا، وَقَذَفَ ه