Skip to content

"यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :

हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, अचानक हामीले केही खसेको आवाज सुन्यौं । तब उहाँले भन्नुभयो: "तिमीहरूलाई थाहा छ यो के (को आवाज) हो?" हामीले भन्यौं: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो: "यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”

كُنَّا مَعَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، إِذْ سَمِعَ وَجْبَةً، فَقَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «تَدْرُونَ مَا هَذَا؟» قَالَ: قُلْنَا: اللهُ وَرَسُولُهُ أَعْلَمُ، قَالَ: «هَذَا حَجَرٌ رُمِيَ بِهِ فِي النَّارِ مُنْذُ سَبْعِينَ خَرِيفًا، فَهُوَ يَهْوِي فِي النَّارِ الْآنَ حَتَّى انْتَهَى إِلَى قَعْرِهَا».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै भारी वस्तु खसेझैँ सुनिने एक भयप्रद आवाज सुन्नुभयो। त्यसपछि उहाँले आफूसँग उपस्थित सहाबाहरूलाई सो आवाजको बारेमा सोध्नुभयो। उनीहरूले उत्तर दिए: “अल्लाह र उहाँका रसूल नै यस बारेमा बढी जान्नुहुन्छ।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई भन्नुभयो: यो त्यो ढुङ्गाको आवाज हो, जुन सत्तरी वर्षअघि नर्कको किनारबाट फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ, जसको आवाज तिमीहरूले सुन्यौ ।

हदीसका केही फाइदाहरू

अन्तिम दिनको लागि राम्रा कर्म गरेर तयारी गर्न प्रोत्साहन दिइएको छ र नर्कको भयानक यातनाबारे सचेत गराइएको छ।

मानिसलाई ज्ञात नभएका विषयहरूमा, ज्ञानलाई सर्वोच्च अल्लाहतर्फ नै फर्काउनु एक प्रशंसनीय र वाञ्छनीय कार्य हो।

कुनै विषयको व्याख्या आरम्भ गर्नु अघि शिक्षकले श्रोतालाई ध्यानाकर्षण गराई तिनको अभिरुचि जगाउनु राम्रो हुन्छ, जसले कुरा बुझ्न अझ सजिलो हुन्छ।

श्रोतहरू

सही मुस्लिम (4/ 2184) (2844).

थप (6)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 476).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (1/ 369).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (6/ 414).