Skip to content

"जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ

अबू अय्यूब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

"जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ, उसले इस्माइल (अलैहिस्सलाम) को सन्तानबाट चार दासहरूलाई मुक्त गरे बराबर पुण्य पाउँछ ।

«مَنْ قَالَ: لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ، عَشْرَ مِرَارٍ كَانَ كَمَنْ أَعْتَقَ أَرْبَعَةَ أَنْفُسٍ مِنْ وَلَدِ إِسْمَاعِيلَ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले यो दुआ (जिक्र) ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ पढ्छ, जसको अर्थ हो: अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन, सार्वभौम राज्य उहाँकै हो, उहाँ प्रेम र आदरका साथ प्रशंसा योग्य हुनुहुन्छ । उहाँ सर्वशक्तिमान हुनुहुन्छ र उहाँको लागि केही पनि असम्भव छैन । जसले यो महान जिक्र दिनमा दस पटक पढ्छ; उसले इस्माइल बिन इब्राहीम (अलैहिस्सलाम) को पुस्ताबाट ४ दास मुक्त गरे जति इनाम पाउनेछ । इस्माइल (अलैहिस्सलाम)को सन्तानलाई विशेष रूपमा उल्लेख गरिएको छ किनभने उनको सन्तानका मानिसहरू अन्य मानिसहरू भन्दा उच्च छन् ।

हदीसका केही फाइदाहरू

यस जिक्रको (प्रार्थना) महत्व यो हो कि यसमा अल्लाह मात्र उपासना र प्रशंसा योग्य हुनुहुन्छ, सम्पूर्ण राज्य र शक्तिको मालिक उहाँ नै हुनुहुन्छ भनेर बयान गरिएको छ ।

जसले यो जिक्र एकैसाथ लगातार पढ्छ वा विभिन्न समय अन्तरालमा पढ्छ, दुबै हालमा यो इनामको हकदार हुनेछ।

श्रोतहरू

सही बुखारी (8/ 86) (6404).

सही मुस्लिम (4/ 2071) (2693).

थप (8)

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 533).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 399).

فتح ذي الجلال والإكرام.

لابن عثيمين (6/ 465).

سبل السلام بشرح بلوغ المرام.

للصنعاني (2/ 703).