Skip to content

"अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।"

«لَيْسَ شَيْءٌ أَكْرَمَ عَلَى اللهِ تَعَالَى مِنَ الدُّعَاءِ».

तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
हसन
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) भन्दा राम्रो कुनै उपासना छैन भनेर भन्नुभयो । किनकि यसमा एकातिर अल्लाहको निरपेक्षता र सम्पन्नता छ भने अर्कोतिर दासको उहाँमाथिको निर्भरता र अभावको स्वीकृति छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

दुआ (प्रार्थना) को महत्व र अल्लाहलाई प्रार्थना गर्नेले वास्तवमा अल्लाहको सम्मान गर्दछ र उहाँ सबैभन्दा धनी हुनुहुन्छ भनेर स्वीकार गर्दछ, किनकि गरिबबाट केही माग्न सकिँदैन । उहाँ सुन्नुहुन्छ, किनभने बहिराहरूलाई पुकारिदैन । उहाँ दयालु हुनुहुन्छ, किनकि कंजूससित केही मागिदैन । उहाँ दयालु हुनुहुन्छ, किनकि कठोर हृदयलाई प्रार्थना गरिदैन । उहाँ नजिक हुनुहुन्छ, किनकि टाढाकोले सुन्न सक्दैन । अल्लाहका यी र यस्तै अन्य गुणहरू यस हदीसबाट प्रमाणित हुन्छन् ।

श्रोतहरू

सुनन् तिर्मिजी (5/ 385) (3370).

सुनन् इब्ने माजह (5/ 6) (3829).

मुस्नद अहमद (14/ 360) (8748).

थप (8)

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 546).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 416).

فتح ذي الجلال والإكرام.

لابن عثيمين (6/ 481).

سبل السلام بشرح بلوغ المرام.

للصنعاني (2/ 707).